• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागमतीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारको १५ वर्षे रणनीतिक योजना कार्यान्वयनमा

metakhabar by metakhabar
१३ अशोज २०८२,
0
बागमतीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारको १५ वर्षे रणनीतिक योजना कार्यान्वयनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ असोजः बागमती प्रदेश सरकारले प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १५ वर्षे मुख्य रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ ।

बागमती प्रदेशको तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रुपमा पर्यटन उद्योगलाई स्थापित गर्दै दीर्घकालीन समृद्धि हासिल गर्ने उद्देश्यका साथ बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले सो रणनीतिक योजना अघि बढाएको हो ।

उक्त रणनीतिक योजना तीन चरणमा पूरा गर्ने लक्ष्य राखिएको छ । रणनीतिक योजना कार्यान्वयनको प्रथम चरण (२०२५–२०३०) आधारभूत पर्यटन पूर्वाधार र डिजिटल प्रवद्र्धनमा केन्द्रित रहनेछ । दोस्रो चरण (२०३०–२०२५) मा पर्यटकीय उपजहरुको विविधीकरण गर्दै विस्तारित बजारको पहुँच अभिवृद्धि तथा तेस्रो चरण (२०३५–२०४०)मा प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गरी अग्रणी भूमिकामा पु¥याइनेछ ।

प्रदेशभित्रका प्रमुख पर्यटकीय सम्पदा र अवसरको पहिचान र प्रवद्र्धन, दिगो र समावेशी पर्यटनको विकास तथा आर्थिक, सांस्कृतिक र वातावरणीय लाभको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पन्ध्रवर्षे (सन् २०२५–२०३०) रणनीतिक योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ रणनीतिक योजनाको कार्यान्वयनबाट बागमतीलाई एक अग्रणी पर्यटकीय ‘ब्राण्ड’का रुपमा प्रस्तुत तथा पर्यटन पूर्वाधारको विकासका साथै बजारीकरणमा प्रदेश पर्यटन क्षेत्रको सशक्त उपस्थिति हुने विश्वास व्यक्त गर्नुहुन्छ ।

योजनाको सफल कार्यान्वयनबाट उचित प्रतिफल लिनका लागि चालु आर्थिक वर्षका लागि मन्त्रालयले चालुतर्फ रु ४६ करोड ६५ लाख र पूँजीगततर्फ रु तीन अर्ब २१ करोड पाँच लाख गरी रु तीन अर्ब ६७ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले पर्यटन विकास आयोजना, पर्यटन विकास आयोजना इकाई कार्यालय तथा चितवन र काठमाडौँमा रहेका पर्यटन कार्यालयमार्फत उक्त बजेट कार्यान्वयन गर्नेछ । रणनीतिक योजनाका आधारमा नै चालु आर्थिक वर्षका लागि मन्त्रालयका योजना र कार्यक्रम परिलक्षित रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक उन्नतिको प्रमुख आधार पर्यटन नै भएको उल्लेख गर्दै बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठ लक्षित उद्देश्य हासिल गर्न निजी क्षेत्रसँग हातेमालो गर्दै प्रदेश सरकार अघि बढ्ने बताउनुहुन्छ । “पर्यटन व्यवसायीसँग सहकार्य गर्न बागमती सरकार पूर्ण तयार छ, व्यवसायीलाई परेका अप्ठयारा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उहाँ भन्नुहुन्छ, “सरकार र निजी क्षेत्रले नेपालको पर्यटकीय क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ पु¥याउनुपर्नेछ ।”

रणनीतिक योजना कार्यान्वयनका क्रममा चालु आर्थिक वर्षमा मूर्त तथा अमूर्त सम्पदा र आरोग्य पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन, थप हिमशृङ्खलाको पहिचान तथा आरोहणका लागि रुट अन्वेषण, एक निर्वाचन क्षेत्र एक पर्यटकीय क्षेत्रको अध्ययन गरिने मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

यस्तै कला, संस्कृति तथा सम्पदा संरक्षण, पर्यटन पूर्वाधार निर्माण तथा स्थानीय तहमा हस्तान्तरण, पर्यटकीय गन्तव्य पहिचान तथा प्रवद्र्धन एवं साहसिक पर्यटन महोत्सवको आयोजनाका साथै सिन्धुपाल्चोकमा ‘¥याफ्टिङ स्कूल’ सञ्चालनमा ल्याइनेछ ।

‘बागमती पर्यटन डिजिटल अभियान’अन्तर्गत विश्वविख्यात ‘भ्लगर’ तथा सामाजिक सञ्जालबाट जनमत सिर्जना गर्न सक्ने ‘सेलिब्रेटी’मार्फत प्रदेशका प्रर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिनेछ । होमस्टे सञ्चालकको क्षमता विकास, पर्यटन गाइड तथा साहसिक पर्यटन प्रवद्र्धकका लागि क्षमता विकास एवं सरोकारवालासँग छलफल र अभिमुखीकरण गरिनेछ ।

रणनीतिक योजनाले प्रदेशभित्रका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्ने लक्ष्य लिएको मन्त्रालयका सचिव सुवेदी बताउनुहुन्छ ।

बागमती प्रदेशमा प्राकृतिक (चितवन र लाङटाङ राष्ट्रिय निकुञ्ज), सांस्कृतिक र धार्मिक (काठमाडौँ उपत्यका), आध्यात्मिक (पुशपति र गोसाइँकुण्ड) र साहसिक (पदयात्रा र ¥याफ्टिङ) पर्यटकीय क्षेत्र छन् । प्रदेशभित्र रहेको सङ्घीय राजधानी काठमाडौँ उपत्यका विभिन्न कला, संस्कृति र सम्पदाको हिसाबले विश्वमाझ परिचित छ । चितवन काठमाडौँ पछाडि बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । चितवनमा खासगरी कृषि, धार्मिक, स्वास्थ्य, खेलकुद, शैक्षिक आदि पर्यटनको प्रचुर विकास गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

बागमती प्रदेशमा थुप्रै पर्यटकीय क्षेत्र रहेपनि अध्यधिक केन्द्रीकरण, असमान र कमजोर पूर्वाधार, फितलो पर्यटक व्यवथापन, जलवायु परिवर्तन र प्राकृतिक जोखिम, राजनीतिक अस्थिरतालगायत कारणबाट पर्यटन विकासमा चुनौती थपिएको मन्त्रालयको विश्लेषण छ ।

Previous Post

जेनजी आन्दोलनका घाइते भन्छन्– होस आउँदा देशमा उथलपुथल भइसकेछ

Next Post

आजदेखि निकुञ्जभित्र जिप सफारी

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

आजदेखि निकुञ्जभित्र जिप सफारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In