• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दसैँ सुरु भएपछि गाउँमा चहलपहल बढ्यो

metakhabar by metakhabar
१३ अशोज २०८२,
0
दसैँ सुरु भएपछि गाउँमा चहलपहल बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), १३ असोजः दुई साता अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र सुनसान थिए । बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ । रोजगार, पढाइ र अन्य कामले सहरबजार र विदेश गएका गाउँ फर्किन थालेपछि यतिबेला गाउँमा दसैँको रौनक छाएको छ ।

टोल, छरछिमेक र चौतारामा गाउँ फर्किएका भेटिन्छन् । युवा शक्ति पलायन हुँदा सुनसान बनेको गाउँ चाडपर्वमा भने चहलपहल बढेको छ । रोजगारीको सिलसिलामा विदेश गएका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, बुटवल, चितवनलगायत सहरमा रहेका पनि दसैँ मनाउन घर आएका छन् भने कोही आउने क्रममा छन् ।

वर्षौँदेखि टाढा रहेकालाई स्वागत गर्न आफन्तहरू पर्खिरहेका छन् । चाडबाड मनाउनका लागि आ–आफ्नो गाउँ फर्कनेहरूको सङ्ख्या बढेपछि जिल्ला सदरमुकाम बागलुङ बजारसहित बुर्तिबाङ र गलकोट हटिया बजार पनि विस्तारै सुनसान बन्न थालेका छन् ।

सयौँ पशुपाल्ने किसान पनि चाडपर्व मानाउन लेकबाट बेँसीतर्फ झरेका छन् । चाडबाडका बेला यात्रालाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयले चार स्थानमा यात्रु सहायता कक्ष निर्माण गरेको छ । बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गा, बागलुङ बजार, हटिया र बुर्तिबाङ बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक आठ हजार ५०० को सङ्ख्यामा जिल्ला भित्रिने र तीन हजार यतत्रु बाहिरिने गरेका छन् । उहाँले भन्नुभयो, “दसैँको घटस्थापना सुरु भएदेखि जिल्ला भित्रिनेको चाप बढिरहेको छ, बाहिरिने सङ्ख्या कम छ, कोही पनि नागरिक चाडबाड मनाउन गाउँ जाँदा यात्रामा कुनै समस्या नहोस् भनेर ठाउँठाउँ यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, यसले उहाँहरूलाई सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

यतिबेला गाउँघरमा सबैको जमघट हुनुका साथै दसैँ, तिहारको रौनक बढेको गलकोट नगरपालिका–५ का प्रेमबहादुर खत्रीले बताउनुभयो । स्वदेशमा कुनै रोजगार नहुँदा धेरै युवा विदेशिनु परेको भन्दै दसैँ, तिहारलगायत चाडपर्वमा अधिकांश युवा गाउँ फर्किने गरेका उहाँको भनाइ छ । गाउँमा रोजगारीको अवसर नहुँदा बागलुङका अधिकांश युवाहरू काठमाडौँ, पोखरा र विभिन्न विदेशी मुलुकमा जाने गरेका छन् ।

“केही दिन अगाडिसम्म गाउँ सुनासन थियो, अहिले बर्खा पनि राकिँदै गयो, सहर, बजार र विदेशबाट पनि गाउँलेहरू धमाधम गाउँ फर्किन थालेपछि धेरै रमाइलो हुन थालेको छ”, उहाँले भन्नुभयो, “पहिले गाउँ सधैँ रमाइलो हुन्थ्यो, किनकी गाउँमा मान्छेहरू धेरै हुन्थे । पछिल्लो समय युवा पढाइ, रोजगारीको लागि बाहिरिन थाले, कतिपय बसाइँसराइ गरी सहर, बजार पस्न थाले । गाउँ सुनसान नै थियो, दसै आएसँगै चहलपहल बढेको छ ।”

चाडपर्व मनाउन गाउँ आएका तिहार पछाडि सहर, बजार र विदेश फर्किने छन् । गाउँमा बस्नेहरूलाई भने चाडपर्वसँगै मकै र आलु भित्र्याउने हतार पनि छ ।

Previous Post

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

Next Post

संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’

संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In