• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

metakhabar by metakhabar
७ अशोज २०८२,
0
सार्वजनिक जग्गा व्यवस्थित गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामपुर । सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा लाभ उठाउने कार्य भइरहेको छ । व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक जग्गा हडपेर भोगचलन गर्ने कार्य कायमै छ ।

उद्यान, चौतारी, सडक, धार्मिकस्थल, ताल, पर्यटन विकासलगायतका विकास नागरिक हितका हुन् । यस्ता कार्यमा चासो र चिन्तन भने कमै हुने गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाले नागरिक हित र नगरको विकासका लागि व्यक्तिले वर्षौँदेखि भोगचलन गर्दै आएका सार्वजनिक जग्गा छुट्याएर विभिन्न संरचना निर्माणमा जोड दिएको छ ।

सार्वजनिक जग्गा संरक्षणका लागि नगर सरकार तदारुकताका साथ लागेको छ । नगरपालिकाले १० वटै वडामा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य गरिरहेको छ । हाललाई सबैभन्दा ठूलो मानव बस्ती रहेको वडा नं ५ मा मिचिएका सार्वजनिक जग्गा नाप नक्साङ्कन गरेर छुट्याइएको छ ।

वडा नं ५ भित्र पर्ने मटेरी ठूलोटार, इलाका प्रहरी कार्यालय, सानीअमराई क्षेत्र, बहखोला, भम्बक आर्मिक्याम्प, सिमलघारी बसपार्क, नहरअफिस, आयुर्वेद अस्पताल क्षेत्रमा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य भएको छ । यी क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको छ ।

व्यक्तिले सार्वजनिक जग्गा मिचेर भोगचलन गर्दै आएका जग्गा छुट्टयाएर पिल्लर गाड्ने, वृक्षरोपण, सडक, उद्यान निर्माण, सौन्दर्यकरणजस्ता काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए ।

“वर्षौँदेखि व्यक्तिले भोगचलन गरेको जग्गा छुट्याएर काम गर्न निकै चुनौती झेल्नुपर्यो, सार्वजनिक जग्गा अधिकरण गरेर व्यक्तिले लाभ लिएको जग्गा अहिले नाप नक्साङ्कन गरेर राखिएको छ”, वडाध्यक्ष पोखरेलले भने, “नक्साअनुसार काम गरिएको छ, यस कार्यमा स्थानीयसँग धेरै विवाद सामना गर्नुपर्यो, अहिले हाम्रो वडामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने समस्या समाधान भएको छ ।”

मटेरी ठूलोटार क्षेत्रमा चारैतिर ३८ वटा पिलर गाडेर सार्वजनिक जग्गा छुट्याइएको छ । इलाका प्रहरी कार्यालय, रामतुलसी नमूना माविको खेलमैदान र व्यक्तिको विवादित बनेको जग्गा छुट्याएर वर्षौँदेखि समस्या समाधानका लागि पिलर गाडेर राखिएको छ ।

इलाका प्रहरी कार्यालयको पश्चिम क्षेत्रमा रहेको भान्साघर परिसरसम्म सार्वजनिक जग्गा रहेको पाइएपछि अब सो क्षेत्रमा नयाँ स्थायी संरचना बनाउन नपाउनेगरी पिलर गाडेर जग्गा छुट्याउने काम सकिएको वडाध्यक्ष पोखरेल बताउँछन् ।

व्यक्तिले अतिक्रमण गरेर प्रयोग गरेका सार्वजनिक जग्गालाई नाप नक्साङ्कन गरेर सो क्षेत्रमा अहिले मनोरञ्जन उद्यान, व्यायामशाला, सडक निर्माण तथा विस्तार, वृक्षरोपणजस्ता कार्य हुन थालेपछि रामपुरको स्वरुप फेरिँदै गएको छ ।

रामपुर नगरपालिकाले २०८० देखि सार्वजनिक जग्गा संरक्षण अभियान थालेको हो । नगरपालिकाले बजेट नै विनियोजन गरेर यो कार्य गरिरहेको छ । नगरपालिकाले पहिलो र दोस्रो वर्ष रु पाँच-पाँच लाख, वडा नं ५ कार्यालयले वडाभित्रका सार्वजनिक जग्गा छुट्याउनका लागि पहिलो वर्ष रु एक लाख रकम विनियोजन गरेर काम गरेको वडाध्यक्ष पोखरेलले जनाए ।

नगरले राष्ट्रिय गौरवका योजनाबाट सार्वजनिक जग्गा छुट्याउने कार्य थालनी गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हडपेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर पर्यटन विकास, बालउद्यान, खेलमैदान स्तरोन्नति गर्दै सौन्दर्यकरण गर्दै लैजाने नगरप्रमुख थापा बताउँछन् ।

“कोही व्यक्तिले पनि व्यक्तिगत रूपमा आफूलाई लाभ लिने उद्देश्यले सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन, त्यस्ता जग्गा पहिचान गरेर नगरपालिकाको हित हुने र सर्वसाधारण, समुदायले प्रत्यक्ष लाभ लिने खालका पूर्वाधार विकास गर्दै जानेछौँ, सार्वजनिक जग्गा छुट्याउने कार्यलाई नगरले जोड दिएको छ”, नगरप्रमुख थापाले भने ।

रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने नगरवासीको मागअनुसार काम भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण अभियानमा नगरवासीले साथ दिएका छन् । पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको छ ।

रामपुरमा तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले जग्गा बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिँदै आएको थियो । रामपुर नगर सरकारले भने थालनी यस कार्यले समाजमा राम्रो प्रभाव पारिरहेको छ ।

Previous Post

कारागार फर्किए टोपबहादुर रायमाझी

Next Post

ऊर्जामन्त्री घिसिङ र बेलायतका राजदूत फेनबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

६ चैत्र २०८२,
Load More
Next Post
ऊर्जामन्त्री घिसिङ र बेलायतका राजदूत फेनबीच भेटवार्ता

ऊर्जामन्त्री घिसिङ र बेलायतका राजदूत फेनबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In