• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जङ्गली हात्तीले गाउँपसेपछि रातभर जाग्राम

metakhabar by metakhabar
५ अशोज २०८२,
0
जङ्गली हात्तीले गाउँपसेपछि रातभर जाग्राम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी(कञ्चनपुर)। रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् ।

दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन् । हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्याउन थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बडुवालका राम सुनारले जानकारी दिए। “मैले साढे चार बिघामा लगाएको धानबालीमा हात्तीले नोक्सान गरेको छ”, उनले भने, “खेतमा लगाएको अन्न सखाप परेपछि किनेर खानुपर्ने बाध्यता छ ।”

उनले हरेक वर्ष आउने हात्तीको बथानले अन्नबाली र घरमा क्षति गर्ने गरेको बताए । “हरेक वर्ष हात्तीले नोक्सानी पुर्याउँदै आएको छ, यसको रोकथामका लागि कुनै पहल हुनसकेको छैन”, उनले भने, “हात्तीबाट अन्नबाली जोगाउन मुस्किल पर्छ, कहिल्यै खेती सुरक्षित भित्र्याउन पाएका छैनौँ ।”

वडुबाल टोलकै सावित्री महताको खेतमा पनि हात्तीले नोक्सान गरेको छ । “रातिको समयमा ३०–४० वटा हात्तीको बथान बच्चासहित दिनहुँ बस्तीमा आउँछन्”, उनले भने, “बालबच्चा बचाउनु कि अन्न जोगाउनु साह्रै मुस्किल हुन्छ ।” अन्नबालीमात्र होइन हात्तीले घरसमेत भत्काउने गरेको उनले बताए । “हात्ती भगाउन आगो बालेर रातभर जाग्राम बस्नुपर्छ” महताले भने, “हामीलाई हात्तीको धेरै दुःख छ ।”

जङ्गली हात्तीको बथानले हरेक वर्ष खेतबारीको अन्न सखाप गर्न थालेपछि यहाँका स्थानीयले खेती गर्न छाडेका छन् । अधिकांशको जग्गा बाँझो रहेको यहाँका स्थानीय बताउँछन् । “मजदुरी गरेर कमाएको पैसाले खेती लगाउँछाँै, खेतमा लगाएको अन्न भित्र्याउन पाइँदैन”, बडुवाल टोलका स्थानीय करणबहादुर कामीले भने, “खेती भित्र्याउन नपाएपछि के गर्नु जग्गा बाँझै छ किनेर खानुपर्छ ।” छिमेकी मुलुक भारतसँग जोडिएको यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न नदिएको यहाँका स्थानीय बताउँछन् ।

केही वर्षअघि बस्ती पसेका हात्तीले यहाँ धेरैको ज्यानसमेत लिइसकेकाले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने स्थानीयको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनीलगायत अन्य पालिकामा पनि नोक्सान पुर्याउँदै आएको छ ।

Previous Post

आजदेखि पितृपक्ष समापन गरिँदै

Next Post

काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

metakhabar

metakhabar

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In