• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनलाई रूसी आक्रमणविरुद्ध सक्षम बनाउन पश्चिमी लगानी

metakhabar by metakhabar
४ अशोज २०८२,
0
युक्रेनलाई रूसी आक्रमणविरुद्ध सक्षम बनाउन पश्चिमी लगानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नाटो सदस्यताको सम्भावना सीमित भएपछि युक्रेनका पश्चिमी सहयोगीहरूले वैकल्पिक रणनीतिमा ध्यान केन्द्रित गरेका छन् – युक्रेनको रक्षा उद्योगमा अर्बौं डलरको लगानी ।

उद्देश्य स्पष्ट छः युक्रेनलाई आफ्नै हतियार उत्पादन गर्न सक्षम बनाउने, रूसी आक्रमणविरुद्ध टिक्न मद्दत गर्ने र भविष्यमा स्वतन्त्र रूपमा रक्षा गर्न सक्ने बनाउन ।

यस रणनीति सफल भएमा युक्रेनको हतियार उद्योगले युद्धको बीचमै ड्रोन र अन्य आधुनिक प्रविधि विकास गर्दै अमेरिकी तथा युरोपेली सेनालाई समेत सुसज्जित गर्न सक्छ ।

हालै युक्रेनले विकास गरेको क्वाडकप्टर ड्रोनले रूसी जामिङ उपकरणलाई छल्न सक्छ, २० किलोमिटरभन्दा बढी उड्न सक्छ र छ किलोग्रामसम्मका निर्देशित विस्फोटक बोक्न सक्छ ।

“ड्रोन प्रविधिमा युक्रेन विश्वकै अग्रपङ्क्तिमा छ”, युक्रेनका लागि ट्रम्प प्रशासनका विशेष दूत किथ केलोगले गत हप्ताको किएभ सम्मेलनमा भन्नुभयो । विशेषगरी बेलारुसबाट प्रक्षेपण भएका रूसी ड्रोन पोल्यान्डमा खसेपछि युरोपमा पनि चिन्ता बढेको छ ।

युक्रेनले अहिले आफ्नै हतियार उत्पादनलाई तीन गुणा गर्दै सेनाका लागि ६० प्रतिशत आवश्यकताहरू पूरा गरिरहेको छ । यो जुन युद्ध सुरु हुनुअघि १० प्रतिशत मात्र थियो ।

तर यसको ६४ अर्ब डलरको वार्षिक रक्षा बजेट अझै पनि रूसको आधाभन्दा कम छ । यसैले देशले पश्चिमी लगानी र संयुक्त उद्यमलाई प्राथमिकता दिइरहेको छ ।

लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका फेबियन हिन्जका अनुसार युक्रेनसँग युद्ध–परीक्षण भएका प्रणाली, कम उत्पादन लागत र तीव्र उत्पादन क्षमताको फाइदा छ ।

– युद्धले तिखार्दै नवप्रवर्तन –

युद्धका कारण नवप्रवर्तनको चक्र छिटो भएको छ । एफआरडिएम कम्पनीको आर–३४ क्वाडकप्टर ड्रोन निरन्तर सैनिकहरूको प्रतिक्रियामा परिमार्जन हुन्छ । संस्थापक भादिम युनिक भन्नुहुन्छ, “रोबोटहरूले अगाडिको रेखामा मर्नुपर्छ, मानिसहरूले होइन ।”

मानव शक्ति अभावले पनि युक्रेनी कम्पनीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा लगानी गर्न प्रेरित गरेको छ । यसका कारण सेनाले अब ड्रोन र स्वायत्त सवारी प्रयोग गरी टाढाबाट निशाना साध्न, आपूर्ति पु¥याउन र घाइते निकाल्न सक्ने क्षमता पाएको छ ।

युक्रेनका अनुसार फ्रन्ट लाइनमा प्रयोग हुने एफपिभी (पहिलो–व्यक्ति दृश्य) ड्रोनहरूले मात्र रूसी जनशक्ति र हतियारमा ७० प्रतिशत क्षति पु¥याएका छन् । अर्कोतर्फ, लामो दूरीका स्ट्राइक ड्रोनहरूले एक हजार किलोमिटरसम्म पुगेर रूसी भित्री भागमा प्रहार गर्न सक्छन् ।

– परम्परागत हतियारमा सुधार –

ड्रोनसँगै युक्रेनी कम्पनीहरूले बख्तरबन्द सवारी साधनहरूमा पनि प्रगति गरेका छन् । युक्रे आर्मोटेकको गुर्जा–१ पैदल सैनिकलाई सुरक्षित राख्न डिजाइन गरिएको छ भने गुर्जा–२ चाँडै उत्पादनमा जाने तयारीमा छ ।

कम्पनीले गत वर्ष पाँच सय सवारी उत्पादन गरेको थियो र क्षमता तीन गुणा बढाउने योजना बनाएको छ । विज्ञ पाभ्लो भर्खनियात्स्की भन्नुहुन्छ, “हामीलाई थाहा छ रूसले कुन–कुन हतियार प्रयोग गर्छ, त्यसअनुसार कवच विकास गर्छौं ।”

– युरोपेली लगानीमा भर –

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनलाई ‘अभेद्य’ बनाउन ठूलो लगानी गर्ने घोषणा गर्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले वार्षिक ३० अर्ब डलरको हतियार उत्पादन सम्भव हुने दाबी गर्नुभएको छ ।

युक्रेनले केवल पैसा मात्र नभई पश्चिमी कम्पनीहरूसँग प्रविधि र निर्माण साझेदारी पनि खोजिरहेको छ । खरिद एजेन्सीका प्रमुख आर्सेन झुमादिलोभ भन्नुहुन्छ, “आधुनिक युद्धका लागि चाँडो अनुकूलन गर्ने क्षमता नै निर्णायक हुन्छ ।”

डेनमार्क हतियार दानभन्दा प्रत्यक्ष लगानी सुरु गर्ने पहिलो देश बनेको छ । डेनमार्क र बेलायतले आफ्ना कारखानामा युक्रेनी मिसाइल र ड्रोनका कम्पोनेन्ट उत्पादन गर्ने योजना अघि बढाइरहेका छन् ।

युक्रेनले डेनमार्क, स्विडेन, क्यानाडा, नर्वे र आइसल्यान्डबाट एक अर्ब ३० करोड युरो (एक अर्ब ५० करोड डलर) प्राप्त गर्ने तयारी गरेको छ । जर्मनीले पनि यस्तै सम्झौता गरेको छ ।

झुमादिलोभ भन्नुहुन्छ, “जब विदेशी कम्पनीहरूले लगानी गर्छन्, उनीहरूको सरकारले उत्पादन खरिदमा सहयोग गर्छ । यो सबैभन्दा राम्रो मोडेल हो ।”

Previous Post

आयो दसैँ, सुरु भयो चंगाको व्यापार (फोटोफिचर)

Next Post

सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ : राष्ट्रसङ्घ

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ : राष्ट्रसङ्घ

सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ : राष्ट्रसङ्घ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In