• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बासस्थान खलबलिँदा चराको सङ्ख्या घट्ने चिन्ता

metakhabar by metakhabar
२६ भदौ २०८२,
0
बासस्थान खलबलिँदा चराको सङ्ख्या घट्ने चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देउखुरी(दाङ), २६ भदौ: पछिल्लो समय यहाँ बासस्थान खलबलिदा चराको सङ्ख्या घट्दै गएको छ । यहाँ कतिपय चराको सङ्ख्या न्युन भइरहेको छ भने केही चरा लोपोन्मुख अवस्थामा पुगेका छन् । घोराही उपमहानगरपालिका–९ निवासी ७२ वर्षीया पार्वता शर्मा चराको सङ्ख्या कम हुँदै गएको बताउनुहुन्छ । उहाँँ भन्नुहुन्छ, “पहिले गाउँमा (खर) फुसका छाना हुन्थे, चराले त्यसैमा गुड बनाएर बचेरा कोरल्ने र हुर्काउने गर्थे । बिहान मिर्मिरेमा चराको चिरबिर आवाज गुन्जिँदा छुट्टै आनन्द हुन्थ्यो । कहिलेकाहीँ चराको आवाजले बिहानीको निद्रा खुल्ने गर्थ्याे ।”

उहाँलाई अझै सम्झना छ, केही समयअघि आँगनभरी थरीथरीका चारा आउथे । मङ्सिरमा आगनमा धान ल्याएपछि चराहरू झन थपिँदै जान्थे । पछिल्लो समय चराको चिरबिर कम भएको शर्माले बताउनुभयो । चराको बासस्थान खलबलिएकाले अचेल त्यस्तो आवाज खासै नसुनिने गरेको उहाँको भनाइ छ ।

घोराही उपमहानगरपालिका–६ का ६५ वर्षीय वीरबहादुर चौधरीले चराको बासस्थान घट्दै गएका कारण सङ्ख्या पनि कम हुँदै गएको बताउनुभयो । “भँगेराको चिरबिर र कोइलीको कुहुकुहु आवाज हराउँदै गएको छ । पक्की घरका कारण पनि घरमा बस्दै आएका चरा कम भएका छन् । गौथली, परेवा, भँगेरा, मैना जस्ता चराले फुसको छानोमा गुड बनाउने गर्थे । अहिले सबै घर पक्की भएपछि गुड लगाउने ठाउँको कमी भएको छ”, उहाँले भन्न्ुभयो ।

एकातिर रुख हुने स्थानमा घरैघर छन्, भएका घर पनि सिमेन्टले बनेका चरामैत्री छैनन् । जसले गर्दा समस्या आएको धेरैको भनाइ छ । चराविज्ञ आनन्द चौधरी रैथाने चराको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । चराहरू बसाइँसराइ गर्ने र आगन्तुक चरा नेपालमा आउने क्रम भने बढेको उहाँको भनाइ छ । यसरी आउने आगन्तुक चराका लागि यतै बस्ने वातावरण मिलाउनसके चराको सङ्ख्या बढ्ने चौधरीको बुझाइ छ ।

“चराहरू लामो यात्राको प्रयास गर्ने, आराम गर्ने त छँदैछ, पछिल्लो समय जलवायु परिवर्तनका हिसाबले पनि समस्या भयो । चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनास, जलवायु परिवर्तन, भौतिक पूर्वाधार पनि हुन्”, उहाँँले भन्नुभयो,“चरा खतराको सूचक मात्रै होइन, अवसर पनि हो । यिनको संरक्षणका लागि सोच्नुपर्ने आवश्यकता छ ।”

यसका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्त्वबारे आमनागरिकलाई जानकारी गराएर संरक्षण अभियान सञ्चालन गर्नुपर्ने चराविज्ञ चौधरीको धारणा छ । आगन्तुक चराका लागि अतिआवश्यक बासस्थानको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेत बनाउने विषयमा सबैले लाग्नुपर्ने उहाँको सुझाव छ ।

Previous Post

त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

Next Post

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

metakhabar

metakhabar

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In