काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आज काठमाडौँसहित देशका मुख्य शहरमा भएका ‘जेनजी’ प्रदर्शनमा हिंसात्मक झडप भएको छ। यस क्रममा हालसम्म करिब २८ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन्।
बानेश्वरको सिभिल अस्पतालमा मात्र २०० भन्दा बढी घाइतेको उपचार भइरहेको छ। घाइतेमध्ये केही प्रहरी पनि छन् र धेरैको अवस्था गम्भीर छ। अस्पतालमा नर्मल सलाइन पानी र औषधिको अभाव देखिएको छ। यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा पनि उपचार भइरहेको छ । सेन्टरमा घाइतेका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।
प्रदर्शनकारीले संसद भवनभित्र आगजनी गरेका छन् । च्यासलस्थित नेकपा एमाले कार्यालय घेराउ गरिएको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि तोडफोड भएको छ । प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोेडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेनजी समूहले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् । प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
बालकृष्णका भाई कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँडका अनुसार घरमा बालकृष्णकी आमा र श्रीमती मात्र रहेका थिए । ‘घरमा आमा र भाउजू मात्रै हुनुहुन्थ्यो, भैरहवामा अराजकता गरेर फर्केको टोलीले घरमा पुगेर तोडफोड गरे’ उनले भने ।
लगायत काठमाडौं उपत्यकाभित्र विभिन्न सवारी साधनमाथि तोडफोड र आगजनि,विभिन्न ठाउँमा आगो लगाउने र आवेगमा आएर जेनजी पुस्ताले हिंशात्मक आन्दोलन माच्याए । तर प्रहरीले कानुनभन्दा माथि उठेर रबरको गोली प्रयोग गर्नुको सट्टा जथाभावी गोली चलायो । अवस्था गम्भिर भए घुँडा मुनी गोली हान्ने अनुमति प्रहरीलाई हुन्छ । तर प्रहरीले चरालाई गुलेली हाने झैँ गोली छोड्दा अकालमा नागरिकहरुले ज्यान घुमाउनु परेको छ । त्यसकारण समाचार तयार पार्दासम्म अहिले १८ जनाको मुत्यु भइसकेको छ । सो घटनाले देश शोकुलमा डुबेको छ ।
सिभिल अस्पतालभित्र प्रदर्शनकारीको प्रवेशपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ। आपतकालीन अवस्थामा वीर अस्पताल, ट्रमा अस्पताल र पाटन अस्पतालबाट एम्बुलेन्स र औषधि पठाइएको छ। सरकारी अस्पतालका निर्देशकहरूले आपसी समन्वय गरेर घाइतेहरूको उपचारमा जुटिरहेका छन्। स्वास्थ्यमन्त्रालयले विरामी र घाइतेहरुको अवस्थालाई ख्याल गरी देशभरीका सबै संघीय अस्पताललाई निःशुल्क उपचार गर्न निर्देशन दिएको । आजको घटनाको दोषी सरकार र प्रहरी भन्दै मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौँ बाहिर पोखरा, इटहरी र भैरहवामा पनि प्रदर्शन हिंसात्मक बनेको छ। आन्दोलन उग्र भएपछि ती क्षेत्रहरूमा कर्फ्युं लगाइएको छ।
यता, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको झापास्थित निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेको गरेका छन् । त्यस्तै, कोशी प्रदेश सभाको भवन पनि प्रदर्शनकारीले घेराउ गरिरहेका छन्। देशभर फैलिएको झडपका कारण सरकार गम्भीर संकटमा देखिएको छ। प्रशासनले नियन्त्रणका उपायहरू अगाडि बढाइरहेको छ भने प्रदर्शनकारी अझै सडकमा रहेका छन्। सत्ता तथा प्रतिपक्ष दलका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । आज घटेको घटनाप्रति सबै राजनैतिक दल,संचारमाध्यम र नागरिक समाज गम्भिर बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० ले ‘अर्ली इलेक्सन’को माग गरेको छ । सोमबार रास्वपाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अर्ली इलेक्सन’को माग गरेको हो ।
सोमबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा १७ जनाको मत्युभएपछि रास्वपाले एमाले कांग्रेस सरकारको बर्खास्ती र ताजा जनादेश(अर्ली इलेक्सन) को माग गरेको हो ।
देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,विज्ञप्तिमा भनिएको छ ।
निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको घोर निन्दाका साथै चेतावनी दिँदै रास्वपाले भनेको छ, आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ । नेकपा माओवादी ,एकिकृत समाजवादी लगायतले पनि प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।













