• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

metakhabar by metakhabar
२१ भदौ २०८२,
0
१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

Kokichi Akuzawa, recently recognized by Guinness World Records as the oldest person to climb Mount Fuji (male), speaks during an interview with The Associated Press in Maebashi, northeast of Tokyo, Wednesday, Sept. 3, 2025. (AP Photo/Hiro Komae)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल भएका छन् । यो उपलब्धिलाई गिनिज वल्र्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।

‘म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ’, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भने, ‘शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।’

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए ।

टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार सात सय ७६ मिटर (१२ हजार तीन सय ८८ फिट) उचाइमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नु अघि ट्रेलमा दुई रात शिविरमा बिताएको थियो ।

पचहत्तर वर्षीया अर्की छोरी युकिकोले बुबाका कानमा प्रश्नहरू दोहोर्‍याउँदै सहयोग पुर्‍याए । अकुजावालाई सुन्न कठिन छ । ‘उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन’, अकुजावाले भने, ‘जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।’

यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उनी ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । त्यसपछि उनले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिएका थिए ।

फुजी आरोहण अघि उनले तीन महिनासम्म विशेष तालिम लिए । बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्थे र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गर्थे ।

अकुजावाको पर्वत प्रेम युवावस्थामै सुरु भएको हो । टोकियोबाट करिब दुई सय ४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रहरूले घेरिएको बैठक कोठामा बस्दै उनले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिए ।

शिखरमा पुग्ने जादु निर्विवाद भए पनि, उनलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिसहरूसँगको सम्पर्क नै थियो ।

‘म आरोहण गर्छु किनभने मलाई यो मन पर्छ’, उनले भने, ‘पर्वतमा साथी बनाउन सजिलो हुन्छ ।’

अकुजावा सक्षम विद्यार्थी थिए । उनले इन्जिन डिजाइन इन्जिनियरको रूपमा काम गरे र पछि ८५ वर्षसम्म पशुधन कृत्रिम गर्भाधानकर्ताका रूपमा कार्यरत रहे ।

‘पढाइ मन परे पनि नपरे पनि, पर्वतको आनन्द लिने तरिका उस्तै हो’, उनले भने, ‘बुद्धिले त्यहाँ कुनै अर्थ राख्दैन । हामी सबै एउटै आधारमा हुन्छौँ र सँगै अगाडि बढ्छौँ ।’

पहिले उनी एक्लै आरोहण गर्न रुचाउँथे, तर उमेर बढेसँगै अरूको सहयोगमा बढी निर्भर हुन थाले । हालैको कीर्तिमानी आरोहण पनि त्यही सहयोगकै कारण सम्भव भयो ।

‘माउन्ट फुजी कठिन पर्वत होइन, तर यसपटक अघिल्ला सबै आरोहणभन्दा धेरै चुनौतीपूर्ण लाग्यो’, उनले भने, ‘मलाई पीडा थिएन, तर किन ढिलो हुँदै छु, किन सहन शक्ति छैन भन्ने सोचिरहेँ । धेरैअघि नै शारीरिक सीमा पार गरेको छु । अरूको शक्ति र सहयोगकै कारण मात्र सफल भएँ ।’

–अन्तिम आरोहणको सङ्केत –

फेरि माउन्ट फुजी आरोहण गर्ने योजनाबारे प्रश्न गर्दा उनले भने, ‘म सदाका लागि चढिरहन चाहन्छु, तर अब सम्भव नहोला । अहिले म नजिकैको अकागी पर्वत (एक हजार आठ सय २८ मिटर) को स्तरमै छु ।’

यी दिनहरूमा अकुजावा बिहानै वरिष्ठ हेरचाह केन्द्रमा स्वयंसेवा गर्नुहुन्छ र आफ्नो स्टुडियोमा चित्रकला सिकाउछन् । उनका अनुसार पर्वतारोहण र चित्रकलामा समान समर्पण र समय चाहिन्छ, दुवैले शान्ति दिन्छन् ।

‘पर्वत चढ्ने वा चित्र बनाउने जो–कोहीले त्यसबाट केही सम्पूर्ण सिर्जना गर्न सके, त्यो नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो’, उनले भने ।

उनका छोरीहरूले बैठक कोठाको पर्खाल भरिएका पर्वत चित्रमा सूर्योदयमा फुजी पर्वतको अर्को चित्र थप्न आग्रह गरेका छन् ।

‘धेरै अनुरोधहरू आइसकेका छन्’, उनले हाँस्दै भने, ‘म शिखरबाट देखिएका ती दृश्यहरू चित्रित गर्न चाहन्छु, जसले मेरा लागि विशेष सम्झना बोकेका छन् । सम्भवतः यो मेरो अन्तिम शिखरारोहण थियो ।’

Previous Post

सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री पौडेल

Next Post

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In