• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरू मारमा

metakhabar by metakhabar
२० भदौ २०८२,
0
उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरू मारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र तातोपानी अहिले पनि पूर्ण रूपमा ठप्प हुँदा व्यवसायीहरूले चीनबाट सामान आयात गर्न सकेका छैनन् ।

जसका कारण उनीहरूले ठूलो आर्थिक नोक्सानी भोगिरहेका छन् भने नजिकिंदै गरेको दशैं तिहार र छठ पर्वमा उपभोक्ताई महंगीको मार पर्नसक्ने देखिएको छ । असार २४ मा रसुवामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवा नाका बन्द भएको थियो भने विगत १५–२० दिनदेखि तातोपानी नाकामा बारम्बार आएको पहिरोका कारण त्यहाँ पनि सामान आवागमन ठप्प छ । यसले आयात–निर्यात दुवै क्षेत्रमा गम्भीर असर पारेको व्यवसायीहरू बताउँछन् ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले रसुवाबाट नेपालतर्फ आउने तीज, दशैँ र तिहार लक्षित फलफूल, स्याउ र अन्य मौसम अनुसारको सामानहरू केरुङमा रोकिएको बताए । उनका अनुसार केरुङमा हाल सामान बोकेका करिब चार सयदेखि पाँच सय ट्रक रोकिएका छन् । सामान्य अवस्थामा यस नाकाबाट दैनिक रूपमा २०–३० ट्रकका दरले सामान आयात हुँदै आएको भएपनि पुल बग्दा सबै ठप्प भएको छ । रसुवाबाट रोकिएका ट्रकहरू केही भाग तातोपानी नाकाबाट आयात भएपनि अहिले तातोपानी नाकापनि बन्द भएपछि वैकल्पिक मार्गहरू पनि अक्षम बनेको कार्कीले बताए ।

‘तातोपानी नाकामा हालको स्थिति जटिल छ । न्यालम क्षेत्रको इको भन्ने क्षेत्रमा बारम्बार पहिरो आएपछि नाका ठप्प भएको छ । यस क्षेत्रमा १२ देखि १३ सय कन्टेनर रोकिएका छन, जसको मूल्य अर्बौं रुपैयाँमा पुग्ने अनुमान गरिएको छ । यो चाडपर्व लक्षित सामान समयमै नेपाल ल्याउन नसकिए व्यवसायीले बैंकको ब्याज र गोदाम भाडा भुक्तानी गर्न अझ बढी चुनौती भोग्नुपर्ने छ । त्यसले उनिहरुमाथि आर्थिक भार बढ्ने देखिन्छ,’ कार्कीले भने ।

रसुवा नाकामा अहिले पुल पुनर्निर्माणको काम भइरहेको छ । प्रारम्भिक योजना अनुसार पुल निर्माण असोजको पहिलो हप्तामा सकिने र त्यसपछि नाका खोलिने भनिएको छ । यद्यपि मौसम र निर्माणमा आउने विभिन्न कठिनाइका कारण यो समय केही दिन ढिलाइ हुन सक्ने देखिएको छ।

रसुवा र तातोपानी दुवै नाका बन्द भएर व्यवसायीहरूले वस्तुहरू समयमै उपलब्ध गराउन नसक्ने हुँदा बजारमा मूल्य वृद्धि र स्टकको समस्या देखिएको कार्कीले बताए । ‘बाटो बिग्रिदा मालसामानहरू लामो समयसम्म भन्सारमा अड्किएका छन् । हामीले गर्मी महिनामा आवश्यक पर्ने लत्ताकपडालगायात मालसामानहरु मगाएका थियौं । अब जाडो मौसम सुरु हुन लाग्यो त्यसैले ती समानहरु अर्को बर्षको गर्मि सिजन सम्म भण्डारण गर्नुपर्ने हुन्छ यस्तो गर्दा सामानहरु बिग्रने सम्भावना बढेको छ,’ उनले भने । जस्तै जुत्ता, ज्याकेट, फलफूल र अन्य छिटो बिग्रिने वस्तुहरू बिग्रन सक्छन् ।

व्यवसायीहरूले यस समस्याबाट सिर्जित घाटा आफ्नै पुँजीबाट व्यहोर्नु परेको छ । रसुवा नाकामा आएको बाढीले १७ वटा गाडी बगाएको र व्यवसायीहरूले करिब ५० करोड रुपैयाँको नोक्सानी व्यहोरेको अनुमान छ । यसले दिर्घकालीन रुपमा व्यापारमा ठूलो असर परेको छ ।’

सरकारले वैकल्पिक नाकाको रुपमा केरुङ–कोरुला नाका खुलाउने भने पनि सफल हुन सकेको छैन् । उक्त नाकामा भन्सार संरचना अझै तयार छैन । यदि संरचना तयार भए पनि नेपालपट्टि यातायातको दूरी लामो भएकाले लागत र समय दुवै बढ्ने अवस्था देखिन्छ ।

केही व्यवसायीहरूले यतिबेला हवाइ मार्गबाट टी–सर्ट, हल्का लुगा र अन्य कम भोल्यूमका सामग्री ल्याउन थालेका छन् । तर यसले बस्तुको लागत मंहगो पर्न जाने र ठूला माल–सामान ल्याउन अप्ठ्यारो हुने अवस्था छ । ठूलो मात्रा र उच्च मूल्यका सामानहरू जस्तै जाडोको वस्त्र, फलफूल र उपभोक्ता लक्षित सामग्री आयात हवाइ मार्ग मार्फत ल्याउन कठिन हुने गरेको छ ।

अहिले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टोलीले तातोपानी नाकाको सुचारुको लागि प्रयास गरिरहेको छ । मौसमको सहयोग भए चार–पाँच दिनमै नाका खोल्न सकिने स्थिति रहेको छ । रसुवामा पुल निर्माण सम्पन्न भएपछि पनि नेपालपट्टि यातायात मार्ग तुरुन्तै सुचारु गर्नुपर्ने चुनौती बाँकी नै देखिन्छ ।

व्यवसायीहरूले अहिलेको अवस्था व्यवस्थापन गर्न वैकल्पिक बजार र मार्गहरू खोजिरहेको भएपनि संरचनात्मक कमजोरी र प्राकृतिक आपतका कारण वैकल्पिक मार्गहरू प्रभावकारी बन्न नसकेको बताउँछन् ।

Previous Post

‘शुल्क राजा’ भन्ने भ्रम तोड्दै भारत : तथ्याङ्कले देखायो भारतको सन्तुलित व्यापार नीति

Next Post

भेटियो २० करोड बर्ष पुरानो, डायनासाेर भन्दा अघिकाे ‘रूख छेपारो’को जिबाष्मा

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
भेटियो २० करोड बर्ष पुरानो, डायनासाेर भन्दा अघिकाे ‘रूख छेपारो’को जिबाष्मा

भेटियो २० करोड बर्ष पुरानो, डायनासाेर भन्दा अघिकाे ‘रूख छेपारो’को जिबाष्मा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In