• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

metakhabar by metakhabar
१९ भदौ २०८२,
0
गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम, १९ भदौः ‘सानी डाली घँगारुकी, मुसुरदानी ।
ठुम्के चरो बास ।।
म बाबाका माइत जान्छु, मुसुरदानी ।
नौगेडी ल्याइआस ।।’

अर्थात् (घँगारुको बोटमा ठुम्के नामको चरो बास बसेको छ । म माइत जाँन लागेकोले नौगेडी ल्याइदिनुस्)

यस्तै गीत गाउँदै गौरापर्व मनाउन धनगढीको गौरा घरमा यतिबेला दिनहुँ भेला भएने महिलाले डोटेली भाषामा प्रस्तुत ‘मुसुरदानी’ गीतको बोलमा गाउँदै माहोल तताइरहेको छ ।

महिलाले समूहमा गोलबन्द भई प्रस्तुत गरेको उक्त गीतको बोलमा आज महिलाहरु आपसमा रमाइरहँदा उपस्थित दर्शकले पनि भरपुर आनन्द लिए । रौनक बढ्दा खेलपरिसर खचाखच थियो ।

ठाडो भाकाको यो गीतले विवाहिता छोरीले माइतीपक्षप्रति गरिने माया, आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार पद्मादेवी भट्ट बताउनुहुन्छ । महिलामाझ ‘मसुरदानी’ गीत सुदूरपश्चिमका गाउँबस्तीमा सदियौँदेखि लोकप्रिय छ ।

अर्को समूहमा गोलबन्द महिला–पुरुषबीचको समूहमा दोहोरी शैलीमा देउडा गीत खेल्दै सवाल जवाफ भइरहँदा माहोल थप रोमाञ्चक बन्यो । दोहोरी शैलीमा सहभागी एकआपसमा मच्चीमच्ची नाचिरहँदा दर्शकहरु झनै रमाए ।

वर्षमा एकपटक मौलिक गौरापर्व मनाउन यतिबेला सुदूरपश्चिमका गाउँबस्ती यस पर्वमा खेलिने गीतको रौनकले छपक्क छोपिएका छन् ।

कतिपय देउडा खेल खेल्दा एकआपसमा घोचपेच र तिखो व्यङ्ग पनि गर्ने गरिन्छ । चैत धमारीजस्ता गीतको बोलमा खेलिने खेलले भने देवी देवताको महिमा दर्शाउने गौरा गीतका गितेरु (गीतकार) सागर बोहरा बताउनुहुन्छ ।

सामाजिक विकृति विसङ्गति र कूशासनविरुद्ध देउडाका माध्यमले तिखो व्यङ्ग गर्दै सामाजलाई सही बाटोमा डो¥याउन यस्ता गीतले मद्दत पु-याउने जानकारहरु बताउँछन् ।

चैत, धमारी, फागलगायत खेलले इष्टदेव कूलदेवको महिमा दर्शाउने र देउडाका गीतले समाजका विकृति विसङ्गतिविरुद्ध तिखो व्यङ्ग गर्ने, आफ्नो गाउँठाउँका प्राकृतिक र धार्मिकस्थलको महत्वलाई पनि उजागर गर्ने गौरा खेल्दै आउनुभएका पुष्पराज पाण्डे बताउनुहुन्छ ।

गौरा र महेश्वर (शिव)को पूजाआजा सकेपछि गौरा घर अथवा मन्दिर परिसरमा खेल खेल्ने गरिन्छ । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ लिइन्छ । सप्तमीका दिन व्रतालु हिन्दू महिला सामूहिक रुपमा नजिकैको खेतमा गएर बोट बिरुवाबाट तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग(धार्मिक अनुष्ठान) गाउँदै गौरालाई गौरा घर अथवा मन्दिरमा भित्र्याउने गर्दछन् ।

गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुखशान्ति हुन्छ भन्ने विश्वास गरिन्छ । यसैपर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आ आफ्नो घाँटीमा लगाउने प्रचलन छ । अनुकूल बारका दिन गौरापर्वको विसर्जन गरिन्छ ।

माहोल बढ्दै जाँदा खेलमा रमाउनेहरुको आग्रहमा कतिपय गाउँमा गौरा खेल १०/१५ दिनसम्म खेल्ने गरिन्छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउन गरिएको कठोर व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही विश्वासमा गौरापर्व मनाउने गरिएको भनाइ छ ।

पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वती(गौरा)को पूजाको फलस्वरुप ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेकीले गौरालाई सर्वशक्तिमान भएको विश्वासमा गौरा पर्व मनाउन थालिएको देवी भागवत् पुराणमा उल्लेख गरिएको ज्योतिष मनिराज जोशी बताउनुहुन्छ ।

देवी देवताका गाथा एवं महिमा दर्शाउने गीत भने पछिल्ला वर्षमा पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको अवस्थामा यसको विकल्पमा देउडाको वर्चश्व देखिन थालेको छ ।

Previous Post

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोःपरराष्ट्रमन्त्री

Next Post

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In