• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लिस्बनमा फ्युनिकुलर दुर्घटना हुँदा १५ जनाको मृत्यु

metakhabar by metakhabar
१९ भदौ २०८२,
0
लिस्बनमा फ्युनिकुलर दुर्घटना हुँदा १५ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोर्चुगलको राजधानी लिस्बनको एक ऐतिहासिक तथा पर्यटकीय पहिचान बोकेको ग्लोरिया फ्युनिकुलर (केबल रेल) दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाले ज्यान गुमाएका छन्।

ज्यान गुमाउनेमा केही विदेशी पनि रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।

बुधबार साँझ भएको यो दुर्घटनामा अन्य १८ जना घाइते भएको जानकारी त्यहाँको आपतकालीन सेवाले दिएको छ। पोर्चुगलको आपतकालीन स्वास्थ्य सेवा प्राधिकरणका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने एक बच्चसहित बाँकी १३ जनालाइ भने सामान्य चोटपटक लागेको जनाइएको छ। आपतकालीन सेवाका अनुसार, यो दुःखद् दुर्घटना लिस्बनको प्रसिद्ध अवेनिडा दा लिबेर्दादे नजिकै साँझपख भएको थियो।

सामाजिक सञ्जालमा दुर्घटनाका क्षणहरुको तस्बिर र भिडियोहरु सार्वजानिक भएका छन्। लिस्बनको पहिचान बनेको चम्किलो पहेँलो रङको रेलको डब्बा पल्टेर लगभग ध्वस्त भएको देखिन्छ भने घटनास्थल धुवाँले भरिएको र मानिसहरू चिच्याउँदै भागिरहेको देखिन्छ।

एक प्रत्यक्षदर्शी, तेरेसा द’आभोले पोर्चुगलको पत्रिका ‘अब्जर्भाडोर’लाई भनिन्, ‘त्यो अनियन्त्रित थियो, ब्रेक नै नभएको जस्तो। हामी सबै भागाभाग गर्न थाल्यौँ किनभने हामीलाई लाग्यो कि त्यो तल रहेको अर्को डब्बामा ठोक्किन्छ। तर त्यो एउटा मोडमा पल्टिएर सिधै भवनमा ठोक्कियो।’

अर्का एक प्रत्यक्षदर्शीले स्थानीय टिभी च्यानललाई भने, ‘फ्युनिकुलर तीव्र गतिमा ओरालो झर्दै थियो। जब त्यो भवनमा ठोक्कियो, त्यो कागजको बाकसजस्तै टुक्रा-टुक्रा भयो। त्यहाँ कुनै ब्रेक थिएन।’

घटनालगत्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट दुःख र समवेदना व्यक्त गरिएको छ। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले यसलाई ‘दुःखद् क्षण’ भन्दै पीडित परिवारप्रति ‘गहिरो समवेदना र ऐक्यबद्धत’ व्यक्त गरे।

लिस्बनका मेयर कार्लोस मोएडासले राजधानी ‘शोकमग्न’ भएको बताउँदै यसलाई ‘सहरका लागि अत्यन्तै दुःखद् दिन’ भनेका छन्।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेन र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले पनि यस भयानक दुर्घटनाप्रति स्तब्ध भएको बताउँदै पीडितहरू र पोर्चुगलका जनताप्रति समवेदना व्यक्त गरेका छन्।

अधिकारीहरूले दुर्घटनाको यकिन कारणबारे अनुसन्धान सुरु भइसकेको बताएका छन्। यद्यपि, ‘अब्जर्भाडोर’ पत्रिकाका अनुसार प्रारम्भिक अनुसन्धानले रेलको केबल छुट्टिएर नियन्त्रण गुमेको र नजिकैको भवनमा ठोक्किएको देखाएको छ।

फ्युनिकुलर सञ्चालन गर्ने कम्पनी ‘क्यारिस’ले एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिन सुरु गरिएको र कम्पनीले ‘मर्मतसम्भारका सबै प्रोटोकलहरू पूर्ण रूपमा पालना गरेको’ दाबी गरेको छ।

के हो ग्लोरिया फ्युनिकुलर ?
सन् १८८५ मा सञ्चालनमा आएको ग्लोरिया फ्युनिकुलर एक स्पातको केबलमा सञ्चालन हुने सानो रेल जस्तै डिब्बा भएको पर्यटकियी रोजाइको सार्वजानिक यातायात हो।

लिस्बनको सबैभन्दा प्रसिद्ध पर्यटकीय आकर्षणहरूमध्ये एक हो। यसले सहरको तल्लो भागमा रहेको रेस्तौरादोरेस चोकलाई रमणीय बाइरो आल्टो क्षेत्रसँग जोड्छ।

करिब २७५ मिटरको ठाडो उकालो यात्रा यसले जम्मा तीन मिनेटमा पूरा गर्थ्यो।

लिस्बनको पहाडी भू-बनोटमा यी फ्युनिकुलरहरू स्थानीय तथा पर्यटक दुवैका लागि यातायातको एक महत्त्वपूर्ण माध्यम हुन्।

चम्किला पहेँला डब्बाहरू ढुंगाले छापिएका साँघुरा गल्लीहरूमा गुड्दाको दृश्य लिस्बनको एक अविस्मरणीय चिनारी मानिन्छ। यो दुर्घटनाले लिस्बनको ऐतिहासिक पहिचानमाथि गहिरो चोट पुऱ्याएको छ र पोर्चुगलको राजधानीलाई शोकमा डुबाएको छ।

Previous Post

बारामा पनि हैजा संक्रमण पुष्टि

Next Post

एमाले विधान महाधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
एमाले विधान महाधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

एमाले विधान महाधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In