काठमाडौँ : धादिङमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। बेनिघाट रोराङ गाउँपालिका- १० बाँदरेमा आज बिहान ठूला ढुंगासहित सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए।
काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग बन्द हुँदा अहिले सवारीसाधनको जाम भएको छ भने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाएर सडक खुलाउन प्रहरीसहितको टोली खटिएको छ । तर, पहिरो खस्ने क्रम नारोकिएकाले सडक खुलाउन दईदेखि तीन घण्टासम्म लाग्न सक्ने हमालले बताए।













