• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामुदायिक वनः ग्रामीण विकासका आधार

metakhabar by metakhabar
१२ भदौ २०८२,
0
सामुदायिक वनः ग्रामीण विकासका आधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँची, १२ भदौः जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ । सामुदायिक वनले सामाजिक उत्थान, रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण र आत्मनिर्भरता एकै साथ अगाडि बढिरहेका छन् ।

सामुदायिक वनले केवल हरियाली मात्रै होइन, आर्थिक सबलीकरण, पूर्वाधार निर्माण, रोजगारी सृजना र सामाजिक सेवाका विविध योजना पनि गाउँसम्म पु¥याउँदै आएको डिभिजन वन कार्यालय अर्घाखाँचीका वन अधिकृत केशव खड्काले बताउनुभयो । नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक वनहरू सडक निर्माणदेखि विद्यालय, सिँचाइ कुलो, विजुलीको व्यवस्था, घाटगद्दी, अर्गानिक मल उत्पादनजस्ता काममा जुटिरहेका छन् । सामुदायिक वनले विकास निर्माणका क्षेत्रमै नभई रोजगारी सिर्जनासमेतमा ठूलो योगदान दिएका छन् ।

शितगङ्गा नगरपालिकाअन्तर्गतका सामुदायिक वनहरूले आफ्नै आम्दानीबाट सडक, सिँचाइ, विद्यालय भवन, विजुली, मल उत्पादन, घाट गद्दी, तटबन्धजस्ता आधारभूत पूर्वाधार निर्माण गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताउनुभयो । यस वर्ष काठ दाउरा बिक्रीबाट सामुदायिक वनले रु छ करोड ३९ लाख ५० हजार ७३९ आम्दानी गरेका छन् । डिभिजन वन कार्यालयका अनुसार काठ दाउरा बिक्रीबाट सामुदायिक वनले रु छ करोड ३९ लाख ५० हजार ७३९ आम्दानी भएको छ । वनको आम्दानीको रकम ७५ प्रतिशत वनमा आबद्व समूहले प्राप्त गर्ने गरेको र अन्य २५ प्रतिशत रकम प्रदेश सरकारलाई जम्मा हुने प्रावधान छ ।

मजुरेडाँडा सामुदायिक वन (शितगङ्गा–१२ पत्थरकोट)ले स्थानीय सरकारसँग सहकार्य गरी रु २५ लाखको लागतमा सडक कालोपत्रे गरेको छ । सामुदायिक वनबाट रु १५ लाख र नगरपालिकाबाट रु १० लाख गरी रु २५ लाखमा सडक कालोपत्रे गरेको सामुदायिक वनका अध्यक्ष प्रदिप विसीले बताउनुभयो । उहाँ भन्नुहुन्छ्, “वन संरक्षणले मात्र होइन, आर्थिक व्यवस्थापन र सामाजिक उत्तरदायित्वले समुदायलाई आत्मनिर्भर बनाउँछ ।“

त्यस्तै, धिरेखोला सामुदायिक वन (शितगङ्गा–१३)ले गाउँमा विजुलीदेखि सिँचाइ कुलो, विद्यालय भवन, सडक निर्माण, साथै आधुनिक कृषि प्रवद्र्धनका लागि विभिन्न उपकरण वितरण गरेको छ । अध्यक्ष नारायण पौडेल भन्नुहुन्छ, “सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट ‘गाउँमा पुग्ने मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत् विस्तारलगायतका कार्य भएका छन् ।’

सडक निर्माण तथा मर्मत गर्ने कार्यमा झन्डै रु २० लाख खर्च भएको छ । गोरुसिङ्गे सन्धिखर्क सडकको डोहोटेबाट भङ्गाला गाउँमा जान सहज भएको छ । भङ्गाला गाउँको भित्री सडक पनि निर्माण तथा मर्मत भएका छन् । झन्डै रु ६० लाखको लगानीमा भङ्गाला सिँचाइ योजना पूरा भएपछि ५५ बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइले अन्नबाली मात्र हैन मौसमी तथा बेमौसमी तरकारी उत्पादन भएको छ ।

कपिलवस्तु जिल्लाबाट रु १८ लाख खर्च गरेर गाउँमा बिजुली बत्ति पनि बालिएको छ । गाउँ अहिले झिलिमिली भएकोे छ । गाउँमा रहेको बालुकण्ठ आधारभूत विद्यालयमा केही वर्षअघि रु १२ लाखको लागतमा पाँचकोठे भवन निर्माण पनि सामुदायिक वनको आम्दानीबाट गरिएको छ । खानेपानी मर्मतमा वार्षिक रु ३० हजार खर्च हुन्छ । गाउँमा भगवती मन्दिर रु सात लाखको लागतमा निर्माण गरिएको छ ।

उपभोक्ताको आयआर्जन बढाउनका लागि तरकारी खेती गर्ने, गाई÷भैँसीपालन, बाख्रापालन, बङ्गुरपालन गर्ने कृषकलाई वार्षिक तीन प्रतिशत ब्याजदरमा ऋण लगानी पनि गरिएको छ । भैँसीपालनका लागि रु ७० हजार ऋण लिएका कृषक वसन्तप्रसाद भुसालले भन्नुभयो, ‘‘भैँसीपालन गरेर दूध बिक्री गरेर आम्दानी गरिरहेको छु ।” कृषि तथा पशुपालन गर्ने उपभोक्ताको हितका लागि उनीहरूको मागका आधारमा हातेट्याक्टर वितरण, घाँस काट्नको लागि चाप कटहर वितरण गरेको छ । बिउको लागि बोका पनि वितरण गरेको छ । रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका युवाहरू गाउँमा फर्किएर स्वरोजगारका काम गरिरहेका छन् ।

शितगङ्गा–१४ स्थित पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको छ । यस पहलले गाउँमा अर्गानिक खेतीको विस्तारसँगै डढेलो नियन्त्रण र रोजगारी सिर्जनाको वैकल्पिक बाटो खोलिदिएको शितगङ्गा–१४ का वडाध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । डिभिजन वन कार्यालयको सहकार्यमा उक्त मल उत्पादन कार्यक्रमले अन्य सामुदायिक वनलाई पनि आकर्षण गरेको छ । अर्गानिक मलले स्थानीय कृषिमा नयाँ आशा पलाएको छ । आफ्नो मात्र हैन् नजिकैका अन्य चार वटा सामुदायिक वनसमेतको पातपतिङ्गर जम्मा गरी प्राङ्गारिक मल उत्पादनमा गरिएपछि जङ्गलमा डढेलो नियन्त्रण भएको छ ।

डोहोटे सामुदायिक वन उपभोक्ता समूह (शितगङ्गा–१२)ले विद्यालयमा शिक्षकको तलब व्यवस्था, शौचालय निर्माण, सडक निर्माण तथा आयआर्जन वृद्धि गर्न सदस्यलाई बाख्रा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । समूहका अध्यक्ष रेशमराज बन्जाडेले भन्नुभयो, “हामीले विदेशी काठ आयात बन्द गरेर स्वदेशी काठ प्रयोग गरे सामुदायिक वनको काठ बिक्री समस्याको समाधान हुन्छ ।”

उहाँका अनुसार रोजगार सिर्जना भएपछि वैदेशिक रोजगारीबाट फर्किएका युवा अहिले गाउँमै स्थायी रूपमा बसेर काम गर्न थालेका छन् । बुद्ध सामुदायिक बन शितगङ्गा–१४ ले स्थानीयलाई रोजगारी दिएको छ । सामुदायिक वन सिँचाइ कुलो, सडक निर्माण, खोलाको कटान नियन्त्रण, पहिरो रोकथाम र घाटगड्डी व्यवस्थापनमा सक्रिय छ । गैडे सामुदायिक वन (शितगङ्गा–११) घाटगड्डी व्यवस्थापन, तटबन्ध निर्माणलगायतका कार्यमा संलग्न छ । यसले बाढी नियन्त्रण, जमिन कटान जोगाउने, स्थानीय संरचना जोगाउनेजस्ता अनुकरणीय काम गरेको वडाध्यक्ष नवराज भुसालको भनाइ छ ।
घौवा महिला सामुदायिक वन समूह शितगङ्गाले समूहको आयबाट विभिन्न गरिबी न्यूनीकरणअन्तर्गत हातेट्याक्टर र पानी तान्ने पम्प वितरण गरेको छ । समूहका १५ जना विपन्नलाई ७० प्रतिशत समूहको अनुदानमा हातेट्याक्टर वितरण तथा चार जनालाई पानी तान्ने पम्प वितरण गरिएको हो । हातेट्याक्टर र पानी तान्ने पम्प पाएपछि स्थानीयहरु पनि खुशी भएका छन् ।

अर्घाखाँचीका सामुदायिक वनहरूले देखाएको प्रयास केवल वन संरक्षणमा सीमित छैन, यो सम्पूर्ण गाउँको सामाजिक रूपान्तरणको अभियान हो । सामुदायिक वनहरूको आम्दानीबाट गाउँको पूर्वाधार निर्माण, कृषि यान्त्रीकरण, शिक्षामा लगानी, रोजगारी सिर्जना र वातावरण संरक्षणजस्ता काम सम्भव भएका छन् । सामुदायिक वन मात्र वन संरक्षणको यन्त्र नभई ग्रामीण विकासको मेरुदण्ड बन्ने सामथ्र्य राख्दछ भन्ने तथ्यलाई यहाँका सामुदायिक वनहरुले पुष्टि गरेका छन् ।

Previous Post

पेटदेखि कलेजोसम्म: यी ५ सेतो खाद्यपदार्थले रोक्छ क्यान्सर

Next Post

श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत

श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In