• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

    साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

    आज ईद उल फित्र पर्व मनाइँदै

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘वर्डफ्लु’ पीडित किसानले अझै राहत पाएनन्

by
१० माघ २०७९,
0
‘वर्डफ्लु’ पीडित किसानले अझै राहत पाएनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो ।

खोरका विभिन्न उमेरका एक लाख १४ हजार छ सय ८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार पाँच सय किलो दाना, ५२ हजार क्रेटसँगै औषधिलगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो ।

सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राखेका थिए । उनको हिसाबमा सरकारले राहतवापत रु आठ करोड हाराहारी दिनुपर्ने हुन्छ । त्यहीअनुसार खोरमा उनले एक लाख २२ हजार कुखुरा राखे । केही ऋण बैंकले थप्यो । केही सरसापट चलाउँदै अघि बढे ।

अझैसम्म पनि राहत रकम नआएपछि बैंक र तिर्नुपर्ने ठाउँको दबाब थेग्न नसक्ने भएको छ । कुखुरा बचाउनका लागि हारगुहार गरेर ल्याइएका दाना, औषधिलगायतको रकम तिर्न उनले सकेका छैनन् । उनले भने ,“मजदुर, बिजुली, पानी आदिका खर्च धान्न मुस्किल हुँदै गएको छ ।”

विस्थापनको अवस्थामा पुगेका व्यवसायी अर्यालले पेसा जोगाउनका लागि गरेको मेहेनतमा सरकारले सहयोग नगरेको गुनासो गरे । उनले भने, “राज्यले हामीलाई नहेर्दा हामी निकै पीडित बन्न पुगेका छौँ ।” बर्डफ्लुका कारण सबैभन्दा बढी लेयर्सपालक कृषक प्रभावित बनेका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोख्रेल सरकारले तत्काल राहत नदिए ती कृषकहरू विस्थापित हुने अवस्थामा पुगेको बताउछन् ।

उनले भने, “कयौँ कृषकको खोर खाली छ । बैंकमा ऋण तिर्न नसक्दा कालोसूचीमा निस्कने अवस्थामा पुगेको छ ।” खोरमा कुखुरा राखेकाहरूले पनि बचाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । बर्डफ्लुबाट धेरै लेयर्स कुखुरापालक कृषक प्रभावित भएको जनाउँदै उनले यो व्यवसाय बचाउनका लागि तत्काल सरकारको ध्यान जानुपर्ने बताए।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले सरकारले नहेरे आउँदो वैशाखपछि व्यवसाय नै धराप भएर जाने बताए । उनले भने, “नेपालमा अब कुखुरापालन व्यवसाय आत्मनिर्भर हुन नसक्ने अवस्थामा पुगेको छ ।” भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले गत साउन २६ गते क्षतिको विवरण पशु सेवा विभागमा पठाएको भए पनि पीडित कृषकले अहिलेसम्म राहत पाउन नसकेका हुन् ।

कार्यालयका अनुसार विसं २०७८ कात्तिक १२ गतेदेखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । बर्डफ्लुका कारण ४७ कृषकले पालेका पक्षी नष्ट गरिएको थियो । यसका कारण तीन लाख ७२ हजार छ सय १२ पक्षी नष्ट गरिएको हो ।

बर्डफ्लुका कारण सबैभन्दा धेरै लेयर्स कुखुरा प्रभावित भएको कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार एक सय ११ नष्ट गरिएको थियो ।

यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, ब्रोइलर आठ सय ९६, टर्की पाँच सयवटा नष्ट गरिएको थियो । लोकल कुखुरा एक सय ३२, हाँस ३६, बट्टाई आठवटा नष्ट गरिएको न्यौपानेले जानकारी दिए । सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार पाँच सय ६४, क्रेट एक लाख २८ हजार नौ सय २० वटा नष्ट गरिएको थियो ।

दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा छ हजार तीन सय, हाँसको अण्डा २०, अण्डा राख्ने कार्टुन दुई हजार पाँच सय, डाला छ सय ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको न्यौपानेले जानकारी दिए ।

बर्डफ्लुका कारण चितवनमा मात्रै रु ४५ करोड हाराहारीको क्षति भएको अनुमान गरी विभागमा सिफारिस गरिएको छ । उनले भने, “सङ्ख्या र उमेरअनुसार क्षतिको मूल्याङ्कन गरी पठाइएको छ ।” राहत आउन ढिला हुनुको कारण आफूहरूलाई समेत जानकारी नभएको उनले बताए ।

पशु सेवा बिभागकी महानिर्देशक डा सम्झनाकुमारी काफ्ले पाण्डेले आफूहरूले अर्थमन्त्रालयमा बजेट सुनिश्चितताका लागि पठाइएको जानकारी दिइन् ।

उनले भनिन्, “सरकार फेरबदलका कारण केही ढिलाइ भएको हो । हामी यस विषयमा लागिरहेका छौं ।” देशभरका १५ जिल्लामा बर्डफ्लुको समस्या देखिएको बताउँदै उनले कृषकलाई क्षतिको ७५ प्रतिशत राहत दिने व्यवस्था भएको बताइन्।

यसका लागि अर्थ मन्त्रालयले रु ५८ करोड बढीको रकमका लागि सुनिश्चित गर्नुपर्ने भएकाले केही ढिला भएको उनको भनाइ छ । आफूहरूले राहतका लागि सो रकम सिफारिस गरिसकेको उनले बताइन् ।
रासस

Previous Post

प्रधानमन्त्री दाहालसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

Next Post

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

७ चैत्र २०८२,
साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने
आवाज

आज ईद उल फित्र पर्व मनाइँदै

७ चैत्र २०८२,
गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
Load More
Next Post
तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In