• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पशुवस्तुलाई पौष्टिक आहार खुवाउन साइलेज उद्योग स्थापना

metakhabar by metakhabar
९ भदौ २०८२,
0
पशुवस्तुलाई पौष्टिक आहार खुवाउन साइलेज उद्योग स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ), ९ भदौः जिल्लाको भिमाद नगरपालिका–६ मालेबगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत भिमाद नगरपालिकाले साझेदारीमा साइलेज उद्योग स्थापना गरेको हो ।

गण्डकी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा उद्योग स्थापना भएको नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक सुदीप गैह्रेले जानकारी दिनुभयो । रु ५६ लाख १८ हजार ७७१ को लागतमा उद्योग स्थापना गरिएको छ । उहाँका अनुसार उद्योगमा संरचना निर्माणका लागि रु २२ लाख १८ हजार ७७१ खर्च भएको छ भने उपकरण जडानमा रु ३४ लाख खर्च भएको छ ।

किसानले पालेका पशुवस्तुलाई पौष्टिक आहारयुक्त घाँस खुवाउने उद्देश्यसहित साइलेज उद्योग स्थापना गरिएको गैह्रेले बताउनुभयो । नगर पशुपालनका लागि प्रशस्त सम्भावना भएको क्षेत्र भएकाले यहाँका कृषकले पालेका पशुवस्तुलाई पौष्टिक आहारयुक्त आहारको अभाव नहोस् भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हिउँदको समयमा पशुलाई खुवाउन तराई, मधेस र भारतबाट पराल आयात गरेर ल्याउनुपर्ने बाध्यता छ । वर्षायाममा नेपियर, मकैलगायत घाँस खेर जाने र हिउँदमा पैसा तिरेर ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न यस उद्योगले सहयोग पुग्नेछ ।”

डाँठ भएका घाँसलाई साइलेज बनाएर पशुलाई खुवाउँदा पशुको वृद्धिविकासका लागि उपयोगी हुने पशु स्वास्थ्य प्राविधिक गैह्रेले विश्वास व्यक्त गर्नुभयो । “घाँसलाई चापकटरको माध्यमबाट काटिन्छ र ‘व्यारलमेसिन’मा हालेर प्लाष्टिकले बेरी साइलेज उत्पादन गरिन्छ”, उहाँले भन्नुभयो, “साइलेज बनेको ६० दिनभित्र खुवाउन उपयुक्त हुन्छ । हिउँदको समयमा पर्याप्त घाँस नहुने भएकाले वर्षायामको घाँस सदुपयोग गरी हिउँदमा किसानलाई उपलब्ध गराउँछौँ ।” दुधिलो मकैबाट साइलेज बनाएमा दाना, कुडो कटौती गरेर खुवाउन सकिने उहाँको भनाइ छ ।

गैह्रेका अनुसार दुहुना गाईभैँसी, बाख्रा, बङ्गुर, माछालाई पनि साइलेज खुवाउन सकिन्छ । साइलेज उद्योग सञ्चालनको जिम्मेवारी भिमाद कृषि उद्यम सहकारी संस्थाले पाएको छ । नगरपालिकाभित्र रहेका विभिन्न सहकारीसँग आवेदन माग गरेकामा उक्त सहकारीले सञ्चालनको जिम्मा पाएको हो ।

उद्योग सञ्चालनका लागि नगरप्रमुख दधिराज सुवेदीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ । उद्योग सञ्चालनबाट भएको नाफा सहकारी र नगरपालिकालाई ५०÷५० प्रतिशत बाँडफाँट गर्ने सम्झौता भएको छ ।

यहाँका किसानले घाँस, मकै ल्याई साइलेज बनाएर लैजान सक्नेछन् भने किसानले उत्पादन गरेका घाँस उद्योगमा ल्याएर बिक्री गर्नसक्ने व्यवस्था गरिएको सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यस्तै तयारी भएको साइलेज खरिद गर्नसक्ने समेत व्यवस्था मिलाइएको छ ।

किसानले मकैको बोट ल्याएर बिक्री गर्दा प्रतिकिलो रु आठ प्राप्त गर्नेछन् भने नेपियरको प्रतिकिलो रु चार मूल्य निर्धारण गरिएको छ । आफैँ बनाएर लैजानुपर्दा प्रतिकिलो रु पाँच तिर्नुपर्दछ । तयारी साइलेज खरिद गर्नुपर्दा नेपियरको साइलेज प्रतिकिलो रु १२ र मकैको प्रतिकलिो रु १६ मूल्य निर्धारण गरिएको छ ।

भिमाद–५ का भैँसीपालक कृषक मेघराज मरासिनीले हिउँदको समयमा घाँस अभाव हुँदा साइलेजको प्रयोग गर्न सकिने भएपछि कृषकलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा हरिया घाँस पाइँदैन । तराईबाट ल्याएको परालमा भर पर्नुपर्ने बाध्यता छ । साइलेजले गर्दा हरियो घाँसको मात्रा र आफ्नै घाँस प्रयोग गर्न सकिने हुँदा धेरै सजिलो हुने भयो ।” साइलेज पशुवस्तुका लागि पौष्टिक आहार हुने भएकाले कृषकका लागि उपयोगी हुने उहाँको भनाइ छ ।

भिमाद–८ का कृषक सूर्यप्रसाद पराजुलीले पशु आहारका लागि घाँस त्यतिकै खुवाउँदा पशुले राम्रोसँग नखाने, आधा फालिदिने समस्या रहँदै आएकाले साइलेज बनाएर खुवाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साइलेज खुवाउँदा दूधको मात्रा बढ्ने, मासु पनि बढ्ने र पशुको स्वास्थ्य पनि राम्रो हुने रहेछ ।” किसानले तराई मधेसबाट पराल खरिद गरेर ल्याउनुभन्दा साइलेज खुवाउँदा लागत पनि कम पर्ने उहाँको भनाइ छ ।

Previous Post

नियमित गाँजर खानेले लिने सक्नेछन् यी १० स्वास्थ्यका फाइदा

Next Post

माघ १ मा पार्वती प्रदर्शन हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
माघ १ मा पार्वती प्रदर्शन हुने

माघ १ मा पार्वती प्रदर्शन हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In