• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

metakhabar by metakhabar
६ भदौ २०८२,
0
‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ भदौः
‘झर्‍यो भुँइमा टोपी हजुर निउरिदा शिर…,
कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर,
जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी,
ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’
प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत केवल गीत मात्रै थिएन । कलाकार रतन देवकोटाले गाएको यस गीतले कर्णालीका दुःख, पीडा, सङ्घर्ष र सफलताका भावनालाई बोलिरहेको थियो । हुड्केउली भाकामा पस्किएको गीतमा भोक, विदेशीयका व्यथा र बसाइँसराइका कथा गुँथिएका छन् ।

प्रेक्षालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्ति र खचाखच भरिएका दर्शकलाई कर्णालीका गाथा, व्यवस्था र विकास सम्भावना र उपलब्धि समेटिएका विविध प्रस्तुतिले मोहित तुल्यायो । सिस्नो पानी नेपालले बिहीबार प्रस्तुत गरेको ‘कर्णाली जुरुक्क’ ले सहभागीको ध्यानमात्रै खिचेन कर्णालीका दुःख, भोगाइ र पीडासँगै बेदनाका आँसु बगायो । त्यहाँका लागि गरिनुपर्ने जिम्मेवारीको आत्मबोध पनि गराएको आभाष भइरहेको थियो ।

साँच्चिकै जब कर्णालीको नाम आउँछ, त्यहाँ अभाव र पीडा छचल्किन्छ । भोक, अभाव र अत्यास त्यहाँको प्रतीक जस्तै बनेको छ । कर्णालीवासीले देशमा कैयौँ व्यवस्था बदलिए पनि त्यहाँको विम्ब बदल्न पर्याप्त प्रयास नगरिएको गुनसो गर्छन् । त्यही नबदलिएको विम्बलाई सिस्नोपानी नेपालले ‘जुरुक्क कर्णाली’ लाई सङ्घीय राजधानी काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा एकपटक पुनः स्मरण गराएको छ, जसले अभाव, दुःख, पीडा र वेदनाको व्यथा बोक्ने कर्णालीमा अब सम्भावनाका ढोकाहरू खुलिसकेको सन्देश प्रवाह गरेको छ ।

गीतले भनेझैँ राणाकाल र पञ्चायतकालमा नुगेको कर्णालीको शिर सक्रिय राजतन्त्रकालमा पनि उठ्न सकेन । गणतान्त्रिक नेपालमा भने विस्तारै उचो हुँदैछ ।

यहाँ प्रस्तुत गरिएका विविध प्रस्तुतीले भौगोलिक रूपमा ठूलो भए पनि राज्यले सोअनुसार बजेट व्यवस्थापन गर्न नसकेको गुनासा झल्किन्थे । पछिल्लो समय केही काम त भएका छन्, तर ती पर्याप्त नभएका र त्यसैकारण वर्षौदेखिको अभावबाट अझै मुक्ति पाउन नसकिएको गुनासा पोखिए । कर्णाली प्रदेश घुमेर आएको सिस्नोपानी नेपालले यिनै यथार्थलाई केही भावनात्मक त केही रचनात्मक माध्यमबाट देशको प्रधानमन्त्रीलाई नै साँची राखेर प्रस्तुत गरेको थियो ।

सामान्यतयाः राजनीतिक विकृति र विसङ्गतिमाथि प्रहार गर्ने सिस्नोपानीले यो पटक कर्णालीको यथार्थता प्रस्तुत गर्‍यो । प्रस्तुति यति भावनात्मक र रचनात्मक थियो कि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायतका आखामा आँसु रसाए ।

कर्णालीमा निकै अलौकिक सांस्कृतिक र प्राकृतिक सम्पदा हुँदाहुँदै दुःख, पीडा र अभाव छन् । मान्छे मर्दा मलामीको अभाव, यार्सा बेचेर कौडीको भाउमा बेचिएको जडीबुटी र हजाराँै तिरेर किन्नुपर्ने औषधिको व्यथा सिलसिलाबद्ध प्रस्तुत गर्दा कर्णाली अझै उठ्न बाँकी रहेको छ भन्ने दर्शाइरहेको थियो ।

यद्दपि, यो कार्यक्रमले त्यहाँको अभाव मात्र देखाएको छैन समृद्धिका सम्भावनालाई उजागर गरेको छ । दैलेखको पेट्रोलखानी, जुम्लाको स्याउ र हिमालको जडीबुटी अनि ‘भर्जिन’ पर्यटकीय गन्तव्यबाट कर्णाली जुरुक्क उठ्न सक्छ भन्ने आशा जगाएको छ ।

सायद यिनै आशालाई देखेर होला प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कर्णाली जुरुक्क उठ्छ र उठाउनुपर्छ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।” उहाँका अनुसार कर्णाली पछिल्लो समय निकै अगाडि बढेको छ । त्यहाँ सडक सञ्जाल मात्र जोडिएको छैन, डाक्टर उत्पादन गर्ने मेडिकल कलेजदेखि देश विकासको नक्सा कोर्ने इञ्जिनियरिङ कलेजसम्म सञ्चालनमा आएका छन् ।

जुरुक्क कर्णालीले तीतो वास्तविकता र स्वर्णिम सम्भावनाको उजागर गरेको छ । यसले जुरुक्क कर्णाली उठ्छ भन्ने आशा पनि जगाएको छ । साथै अब कर्णाली विकासको गति बढाउनुपर्ने सन्देश प्रवाह गरेको छ । यसबारे प्रधानमन्त्रीले भन्नुभयो, “हुम्लामा मोटरबाटो पुग्यो र गाडी पनि गुडिसक्यो । अब जुम्लाको स्याउ, फाल्नु पर्दैन । बजार पाएको छ । उत्तरतिरका बाटा पनि खुलेका छन् । कर्णाली करिडोर बनेको छ ।”

कालो बादलभित्र चाँदीको घेरा देखिएझँै भौगोलिक र प्राकृतिक छटाले भरिपूर्ण अपार सम्भावना बोकेको कर्णालीमा आशाका किरण देखिएका छन् । अब विगतको कर्णाली हैन अहिलेको कर्णालीले परिवर्तनलाई बोकेर भावी पुस्ताको सम्भावनाको ढोका खोलिदिएको छ ।

त्यसैले त प्रधानमन्त्री ओली भन्दै हुनुहुन्थ्यो,“अब कर्णालीका वेदनाका गीतमा परिवर्तन आउनुपर्छ । ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा…हुम्ला कहिले मोटर आउला रहरैमा’ गीतले भनेझैँ अब हुम्लामा बाटो पुगिसकेको छ, मोटर पनि गुडिसक्यो । सिटामोलको अभावमा पनि पर्नु पर्दैन । विद्यार्थी तुइन चडेर स्कुल जानु पनि पर्दैन । सडक कालोपत्रे हुँदैछन् ।

प्रधानमन्त्री ओलीले कर्णाली जुरुक्क कार्यक्रमले कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको रहेको तर भएका विकास र प्रगतिका कुुरा अझै समेटिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकामसहित हुम्लामा ‘पिच’ बाटो पनि जान्छ । मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरु अब यथार्थ भइसकेका छन् । कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौँ ।”

प्रधानमन्त्री ओलीले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास पनि दिलाउनुुभयो । “मैले पहिला ग्यास र खानी उत्खनन्को कुरा गर्दा उडाउनेले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन्, तर कर्णाली त्यतिसारो बैगुुनी हुनसक्दैन । अब हामीले यार्सागुम्बाको निर्यात गर्नतिर पनि लाग्नेछौँ ।”

प्रस्तुतिको दौरानमा कलाकार शिशिर योगीको कर्णाली पारि छैन खेतबारी…रुखो छ टारी…! बोलको गीतले सबैलाई मन्त्रमुग्ध बनायो ।

जुरुक्क कर्णाली बोलको गीतबाट सुरु भएको कार्यक्रममा आकर्षक मयूर नाच, हास्यकलाकार सुबोध गौतमले चित्रबहादुर केसीको भूमिकामा प्रस्तुत गर्नुभएको व्यङ्ग्य, शिशिर योगीको कर्णाली पारि छैन खेतबारीजस्ता प्रस्तुतिले सबैको मन जितेको थियो ।

कवि माधव चौलागार्इंको कर्णालीसम्बन्धी शब्दचित्र, कवि अर्जुन पराजुलीको ‘कर्णाली छ, कर्णाली छैन’ शीर्षकको कविताले सबैलाई मोहित तुल्यायो । प्रस्तुतिको अन्त्यमा चर्चित हास्यकलाकार मनोज गजुरेलको आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) को आकर्षक र रोमाञ्चित वार्तालाभको प्रस्तुतिले हललाई हाँसो र तालिको वर्षा गराएको थियो । कलाकार टंक आचार्य र कवि धीरेन्द्र प्रेमर्षिको संयुक्त गीतले बेग्लै रौनकता प्रदान गरेको थियो ।

Previous Post

२ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैक, के-के छन् सर्तहरू ?

Next Post

संसारका सबैभन्दा साना ५ मोबाइल फोनहरू कुन कुन हुन् ?

metakhabar

metakhabar

सम्बन्धित खबर

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
संसारका सबैभन्दा साना ५ मोबाइल फोनहरू कुन कुन हुन् ?

संसारका सबैभन्दा साना ५ मोबाइल फोनहरू कुन कुन हुन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In