• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

metakhabar by metakhabar
४ भदौ २०८२,
0
लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले घेरिएको माटोको सहरका रुपमा परिचित लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरिएको छ । यहाँका स्थानीय जनप्रतिनिधि छेवाङ रिनजिन गुरुङले व्यक्तिगत रुपमा त्यहाँ सङ्ग्रहालय स्थापना गरेका हुन् ।

उपल्लो मुस्ताङस्थित पर्खालले घेरिएको माटोको सहर लोमान्थाङको विगत र वर्तमान अवस्थामा भइरहेका विद्यमान परिवर्तित विकासलाई त्यहाँ पुग्ने पर्यटक माझ पस्किन लोमान्थाङका वडा सदस्य छेवाङले सङ्ग्रहालय स्थापना गरेका हुन् । त्यहाँ वडा सदस्य छेवाङले आफ्नो पूर्वजले बनाएको दुई सर्य वर्ष पुरानो ढुङ्गा र माटोले निर्मित पुरानो दुईतलाको घरमा सङ्ग्रहालय स्थापना गरेका हुन् ।

उपल्लो मुस्ताङमा बर्सेनि विदेशी पर्यटकले महँगो शुल्क तिरेर त्यहाँ जाने गर्छन । पछिल्लो समय सडक सहज भइसकेकाले नेपाली स्वदेशी पर्यटक उल्लेख्य मात्रामा उपल्लो मुस्ताङ घुम्न पुग्छन् । त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले लोमान्थाङको ऐतिहासिकता, धर्म, संस्कृति र परम्पराको बारेमा खासै जानकारी हासिल गर्न सक्दैनन् । यसर्थ उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकलाई त्यहाँ पर्खालले घेरिएको लोमान्थाङको पर्याप्त जानकारी उपलब्ध गराउने उद्देश्यले वडा सदस्य छेवाङले सङ्ग्रहालय स्थापना गरेको बताउँछन् ।

सन् १९९२ पछि उपल्लो मुस्ताङमा धेरै विकासका नमूना कोरिएको सङ्ग्रहालय सञ्चालन छेवाङले उल्लेख गरे । “यहाँ पाँच सय वर्षमा हुन नसकेको विकास पछिल्लो ३० वर्षमा भएको छ”, यहाँ सडक, बिजुली, इन्टरनेटका सुविधा जोडिएका छन्”, सञ्चालक वडा सदस्य छेवाङले थपे”, यहाँ लोमान्थाङको पहिलेको जीवनशैली र वर्तमानको जीवनशैलीलाई अहिलेको पुस्तालाई देखाउन र पर्यटकलाई परिवर्तित लोमान्थाङको सचित्र उजागर गर्ने गरी सङ्ग्रहालयमा त्यसका तस्बिरहरु राखिएको छ ।”

पर्खालले घेरिएको लोमान्थाङभित्र दर्जनौँ पुराना ढुङ्गा र माटोले बनेका ऐतिहासिक गुजमुच्च एकआपसमा जोडिएका परम्परागत घर अवस्थित छन् । त्यही पुराना घरहरुमा त्यहाँ जाने पर्यटकले रात कटाउँथे । अहिले त्यस्तो अवस्था नरहेको वडा सदस्य छेवाङको भनाइ छ । लोमान्थाङमा आधुनिक घरहरु निर्माण हुँदै गरेको र पर्यटकका लागि भीआइपी होटलहरु सञ्चालनमा रहेको उनले बताए । यहाँ सङ्ग्रहालयमा पर्यटकलाई विगत र वर्तमान लोमान्थाङको परिवर्तित अवस्थालाई म्यूजिक अवलोकनबाट सबै कुरा जानकारी प्राप्त हुने बताए ।

सङ्ग्रहालयमा यहाँको हिउँदयाम र वर्खायाममा हुने मौसम परिवर्तन र जीवनशैलीको थुप्रै तस्बिरहरु सङ्ग्रहालयमा व्यवस्थापन गरेका छन् । यहाँका कृषि, पशुपालक, चाडपर्व, ऐतिहासिक तथा धार्मिक सम्पदाको तस्बिर ग्यालरी सङ्ग्रहालयमा पुगेर अवलोकन गर्न पाइने वडा सदस्य छेवाङले बनाए ।

लोमान्थाङको ऐतिहासिक तिजी र यार्तुङ लगायतका विभिन्न चाडपर्व मनाउने प्रचलन र तरिकालाई सङ्ग्रहालयमा समेटिएको उनले बताए । ‘यहाँको महत्वपूर्ण चाडपर्व अवलोकन गर्न नसकेका पर्यटकले सङ्ग्रहालयबाट धेरै कुरा जानकारी प्राप्त हुन्छ”, यसले यहाँ आइपुग्ने पर्यटक तथा विभिन्न खोज अनुसन्धान गर्नेका लागि सङ्ग्रहालय उपयोगी बन्न सक्नेछ”, उनले भने ।

छेवाङले सङ्ग्रहालयभित्र सदियौँ वर्ष पहिले प्रयोग हुने भाडावर्तन, खेतीपातीमा प्रयोग हुने घरेलु औजार, पूजाका सामग्रीलगायत समान सजाइएका छन् । निकै लामो समय युरोप बसेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने हेतुले पुख्र्यौली थलो लोमान्थाङ फर्किएका छेवाङ सामाजिक अभियान्ताका साथै पर्यटन पथप्रर्दशक छन् । उनी लोमान्थाङ–५ को वडा सदस्यमा निर्वाचित भएपछि त्यहाँका विकास र समृद्धिका लागि परेका छन्।

गाउँठाउँमै बसेर केही आयआर्जन गर्न सकिन्छ भनेर अरुले गर्न नसकेको फरक खालको व्यवसाय सुरु गरेको वडा सदस्य छेवाङ बताउँछन् । उनले सङ्ग्रहालयमा उपल्लो मुस्ताङ लेण्ड स्कीप तस्बिर र जैविक विविधतालगायत तस्बिर ग्यालरी राखेको बताउँछन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ आउने पर्यटकले लोमान्थाङको विगत र वर्तमान अवस्था, मुस्ताङी राजाको दरबार, साँघुरो गल्ली, पर्खालले घरिएको माटोको सहर लोमान्थाङ, यहाँका गुम्बा, मार्ने, छोर्तेनलगायत तस्बिर सङ्ग्रहालयभित्र राखिएको छेवाङले बताए ।

छेवाङले भदौ १ गतेदेखि लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरेका हुन् । त्यसो त लोमान्थाङमा आमची घ्याचो बिष्टको आयुर्वेद संग्रालय पनि छ । छेवाङले स्थापना गरेको संग्रालय परिवारका सदस्यहरुले आलापालो गरी चलाउने गरेको जानकारी दिए । यहाँ संग्रालय अवलोकन गर्ने स्वदशी तथा विदेशी पर्यटकलाई अवलोकन शुल्क वापत दुई सय रुप शुल्क उठाउन गरेको वडासदस्य छेवाङले बताए ।

तर, स्कुल र क्याम्पसमा पढ्ने विद्यार्थीहरुका लागि परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाउँने व्यवस्था गरिएको वडा सदस्य छेवाङको भनाइ छ । सङ्ग्रहालयका लागि स्थानीय पालिकामा संस्था दर्ता भइसकेको उनले जानकारी दिए ।

Previous Post

बजेट अभावमा अलपत्र माइभगवती रङ्गशाला, तीन वर्षदेखि काम ठप्प

Next Post

सर्वोच्चको आदेशपछि मोर्चा सक्रिय, गौर हत्याकाण्ड र रुपन्देही उपनिर्वाचन एजेन्डा

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
सर्वोच्चको आदेशपछि मोर्चा सक्रिय, गौर हत्याकाण्ड र रुपन्देही उपनिर्वाचन एजेन्डा

सर्वोच्चको आदेशपछि मोर्चा सक्रिय, गौर हत्याकाण्ड र रुपन्देही उपनिर्वाचन एजेन्डा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In