इलाम, कोशी प्रदेश – नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालस्थित भारतका राजदूतले संयुक्त रूपमा इलाम जिल्लाको पुुवा खोलामाथि निर्माण भएको ४८.८ मिटर लम्बाइको मोड्युलर पुलको उद्घाटन गर्नुभयो।
२०७९ साल भदौ महिनामा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माण सहयोगस्वरूप भारत सरकारले नेपाललाई १० वटा पूर्वनिर्मित स्टील पुल अनुदानस्वरूप उपलब्ध गराएको हो। तीमध्ये पुुवा खोलाको यो पुल एक हो।
यसअघि नै तीनवटा पुल नेपालका विभिन्न स्थानमा स्थापना भइसकेका छन्, जसले स्थानीय यातायात सुगम बनाउन र आन्तरिक सम्पर्क सञ्जाललाई मजबुत पार्न महत्वपूर्ण योगदान पुर्याएका छन्।
यो सहयोग भारतको छिमेकि पहिलो नीति (Neighborhood First Policy) अन्तर्गत दुवै देशबीचको घनिष्ठ मित्रता (नेपाल–भारत मैत्री) को प्रष्ट प्रतीक हो। यसले दुई देशबीचको आपसी सम्पर्क, विश्वास र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।













