मुसलधारे मनसुनी वर्षाका कारण आएको बाढीपछि उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत तीन दिनमा ३ सय १३ जनाको मृत्यु भएको छ। १५० भन्दा बढी अझै बेपत्ता छन्। बुनेर जिल्लामा अझै पनि १५० जना भग्नावशेषमा फसेको हुनसक्ने अनुमान गरिएको छ।
जहाँ २१३ जनाको मृत्यु र १२६ जना घाइते भएको पुष्टि भएको छ। छिमेकी शांगला जिल्लामा पनि यस्तै अवस्था रहेको बताइएको छ। एनडीएमएकाअनुसार जुन २६ मा मनसुन शुरु भएदेखि राष्ट्रव्यापी रूपमा चलिरहेको मनसुन मौसमबाट मृत्यु हुनेको संख्या ६ सय ५३ पुगेको छ।













