• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाल्पामा सिन्दुरजात्रा निकालियो

metakhabar by metakhabar
१ भदौ २०८२,
0
पाल्पामा सिन्दुरजात्रा निकालियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), १ भदौः नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ ।

प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यसवर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा हर्सोल्लासका साथ निकालिएको हो ।

यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली सेनाले भगवतीको रथलाई १२ः३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो ।

रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको छ । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् ।

जात्राको अघिल्लो दिन अर्थात् श्रीकृष्णजन्माष्टमीका दिनदेखि एसियाको ठूलो ढोका मानिने मूल गेट खुला गरिएको थियो । पञ्चेबाजा, लाखेनाच, भजनकीर्तनसहित सांस्कृतिक झाँकीद्वारा रथलाई नगर परिक्रमा गराइएको थियो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई विसर्जन गरिने मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिनुभयो ।

अहिले नगरका विभिन्न स्थानमा रथ परिक्रम गर्ने काम भइरहेको जनाउँदै उहाँले रथलाई मध्यरातमा पञ्चबलिसहित सलामी अर्पण गरी विधिवत् रूपमा पूजाआरधाना गरिएको बताउनुभयो । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको बाक्लो उपस्थिति छ ।

जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देहीलगायत जिल्लाबाट श्रद्धालु भक्तजन यहाँ आएका छन् । रथयात्रामा सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति बलाधिकृत रथी श्रीअशोकराज सिग्देल, प्रदेशका मन्त्री, सङ्घीय सांसद, प्रदेश सांसदलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहेको समितिले जनाएको छ ।

जात्रा अवलोकनमा आउनुभएका अर्थमन्त्री पौडेल र पर्यटनमन्त्री पाण्डेले ऐतिहासिक भगवती (सिन्दुर) जात्राको अत्यन्त महत्त्व रहेकाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुका साथै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

करिब पाँच हजार भक्तजनले जात्राको प्रत्यक्ष अवलोकन गरेका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । ऐतिहासिक महत्त्व बोकेको यस जात्रालाई राष्ट्रिय पर्वका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा समितिका अध्यक्ष महर्जनले जोड दिनुभयो । सरकारले प्रचारप्रसार, पूर्वाधार विस्तारलगायत क्षेत्रका लागि आवश्यक सहयोग गरे धार्मिक पर्यटन प्रवर्द्धन गर्न जात्राले महत्त्वपूर्ण योगदान पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवलाई बचाउने यस्ता ऐतिहासिक महत्त्वका विषयमा अनुसन्धान गरी जात्रा र राष्ट्रियताबीच एकता खोज्नुपर्ने इतिहासका जानकार राजेन्द्रगोपाल सिंहले बताउनुभयो । सरकारले पनि यसको महत्त्वलाई प्रवर्द्धन गर्न जात्रालार्ई राष्ट्रिय पर्वका रूपमा सम्बोधन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

अङ्ग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजयी गरी यो जात्रा मनाउन थालिएको समितिका सदस्य सचिव प्रकाशनाथ गङ्गोलले बताउनुभयो । “आफ्नो साम्राज्यमा आफूलाई अब्बल दर्जाको ठान्ने अङ्ग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाउने गरिएको हो”, उहाँले भन्नुभयो ।

श्रीकृष्ण जन्माष्टमीको अघिल्लो रात स्थानीय सेनाप्रमुखले कर्णेल उजिरसिंह थापाको तरबार हातमा लिइ रथ परिक्रमाका लागि राखिने भगवतीको मूर्तिलाई खटमा राखी भोलिपल्ट शुभसाइतमा सेनाको गोरखदलले बढाइँका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजीरेश्वरी भगवती माईको रथयात्रा सुरु गर्ने परम्परा रहेको सदस्य सचिव गङ्गोलले जानकारी दिनुभयो ।

“यसै क्रममा काजी वीर भञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजिरसिंह थापाको दलमुखी आँट एवं रणकौशल र भगीरथ जैसीको सहकार्य हरेक नेपालीको मनको अन्तरकुन्तरमा उर्लेर आएको राष्ट्रिय भावना जयजयकारको स्वरले गुञ्जायमान हुने गर्दछ”, उहाँले भन्नुभयो ।

कर्णेल थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा विसं १८७६ देखि निरन्तर रूपमा प्रत्येक वर्ष जिल्लामा विजयोत्सव मनाउने प्रचलन रहँदै आएको समितिका अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

कर्णेल थापाले युद्धमा विजयी भएमा प्रस्तरको सोह्रबाहु भएको महिषासुर मर्दिनी भगवतीसामु सिन्दुर जात्रा गर्ने भाकल गर्नुभएको थियो । उहाँका अनुसार दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थाल्नुभएको इतिहासका जानकारले बताउने गरेका छन् ।

Previous Post

नेपालमा जापानिज इन्सेफ्लाइटिसले तीन जनाको ज्यान गयो, सावधानी अपनाउन विज्ञको सुझाव

Next Post

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In