स्वस्थ कलेजोको लागि निम्नानुसारको अत्यावश्यक खानपानमा ध्यान दिनुपर्ने हुन्छ—
– रक्सी सेवनलाई बन्द गर्नुपर्छ ।
– ज्यादा मोटोपनको कारणले पनि कलेजोको समस्या निम्त्याउने हुँदा मोटोपन कम गर्नुपर्छ ।
– एकैपटक धेरै खाना नखाई बेला बेलामा थोरै थोरै खाना खानुपर्छ ।
– उपचारको क्रममा प्राकृतिक एवं शाकाहार भोजन लिनु वेश हुन्छ ।
– भोजनमा प्रशस्त फलफूल, अमला, मैसाम, सुन्तला, मेवा, तरकारी मौसम अनुसारका हरिया सागपात, पालुङ्गो, गोलभेँडा, सलाद, गाँजर, लसुन, अदुवा, प्याज, काँक्रो, अंकुरित भोजन समावेश गराउनु उत्तम हुन्छ ।
– बिहान सबेै सादा पानी वा कागती पानी १–२ गिलास पिउनुपर्दछ ।
– नरिवल पानी १–२ गिलास सेवन गर्नाले लाभ गर्छ ।
– एक छाक जौ को सेवन यो समस्यामा लाभदायक हुन्छ ।
– घिउकुमारीको जुस १–२ कप दैनिक सेवन गर्नु लाभदायक हुन्छ ।
– भिटामिन बी युक्त भोजनले कलेजोलाई लाभ गर्ने विज्ञहरु बताउँछन् । तसर्थ भिटामिन बी युक्त भोजन गहुँका परिकार, अण्डा, गेडागुडी, हरिया सागपात, काजु, पेश्ता, देशीबदाम, कलेजो, बन्दा, केरा आदि सेवन गर्नुपर्दछ ।
साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट













