जसले आशा राख्छ, लोभ गर्छ त्यो गरीब चित्तको व्यक्ति हो, त्यसलाई केही दिनु गरीबको सहायता हो, यो भावना राखे मन प्रसन्न र स्वस्थ रहन्छ ।
आपूm ठगाएर क्यै बिगिँ्रदैन, परमार्थ सप्रिन्छ, आपूmले अर्कालाई ठग्न हुँदैन किनकि ठग्नुले दोष लाग्छ र वृत्ति बिग्रिन्छ ।
जुन परमात्माले अबसम्म सम्हाले, राम्रो राखे भोलि पनि उनै भगवान्ले राम्रो गर्छन्, यो कुरा कहिल्यै बिर्सन हुँदैन ।
परमात्माको भक्तले जुवाडीको भैंm मन राख्नुपर्छ, आयो गयो । एक क्षण एक पासो खेल्नुको प्रसन्नता इन्द्रपद भन्दा ठूलो हुन्छ ।
जो जुवाडीले पश्चात्ताप गर्छ वा जितेर घमण्ड गर्छ त्यो कच्चा जुवाडी हो । साँचो जुवाडी त्यो हो जो क्रीडाको प्रसन्नतामा तत्काल परमात्मालाई अनुभव गर्छ । जीवन एउटा रहस्य हो जो चल्छ, चलेको छ, यो आनन्द हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













