• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’

metakhabar by metakhabar
२९ साउन २०८२,
0
‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देउखुरी (दाङ)  : पछी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घ नेपालले चरा संरक्षणका लागि  आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि सबै नागरिकलाई जानकारी गराउन चेतानामूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले चरा संरक्षणका लागि केही बजेट छुट्याएको छ, चराचुरुङ्गी मानिसका सहयोग हुन्, उनीहरूको संरक्षण गर्नु मानवको दायित्व हो । उनीहरूले हानिकारक किराफट्याङ्ग्रालाई खाने भएकाले बालीनालीमा रोगकीराको प्रकोप कम हुने गर्छ ।”

चरा विज्ञ आनन्द चौधरीले बसाइँ सर्ने क्रममा चराले लामो यात्राको प्रयास गर्ने र त्यसक्रममा उनीहरूलाई आराम गर्नका आवश्यक स्थान जोगाउनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनका हिसाबले पनि चरालाई समस्या हुने गरेको उहाँको भनाइ छ ।

चौधरीका अनुसार चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनाश, जलवायु परिवर्तन, मानव निर्मित भौतिक पूर्वाधार हो । उहाँ भन्नुहुन्छ, “चरा खतराको सूचकमात्रै होइन अवसर हो ।” अर्बौं चराले जाडो छल्नदेखि प्रजनन गर्ने क्षेत्रमा बसाइँसराइ गर्दा हिमाल, मरुभूमि, समुन्द्र उस्तैउस्तै मार्ग प्रयोग गरेर पार गर्ने उहाँले जानकारी दिनुभयो ।

चराका विषयमा धेरै वर्षदेखि आफू अनुसन्धानमा सक्रिय रहेको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा स्थानीय तहलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । चौधरीले भन्नुभयो, “चराको विषयमा गहिरो तरिकाले अध्ययन भएको छैन । चरालाई के कारणले असर गरेको छ, त्यसका बारेमा अध्ययन हुनुपर्छ ।” देउखुरीमा चरा अध्ययन गर्न पर्यटक आउने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विज्ञ चौधरीले चरा संरक्षणका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्त्व उजागर गर्ने उदेश्य रहेको बताउनुभयो । उहाँले आगन्तुक चराका लागि अतिआवश्यक बासस्थानहरूको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने र क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय दाङ देउखुरीका वन अधिकृत महेन्द्रराज वाग्लेले दाङमा भएका चरालाई कसरी संरक्षण गर्ने विषयमा सबै सचेत हुन आग्रह गर्नुभयो । चाराको महत्त्वका विषयमा स्थानीय समुदाय र स्थानीय सरकारलाई पर्याप्त जानकारी दिनुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “स्थानीय जनतालाई चरा संरक्षण गर्न प्रेरित गर्नुपर्छ, त्यसका साथै चराको बासस्थान जोगाउनुपर्छ ।”

लुम्बिनी प्रदेशका वन निर्देशक प्रभात सापकोटाले चराको संरक्षणका विषयमा सोच्ने र स्थानीय स्तरमा काम गर्ने गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय चराका विषयमा सामान्य तथ्याङ्क सार्वजनिक गरिए पनि यसलाई बृहत् रूपमा अध्ययन गर्नुपर्नेमा उहाँको जोड थियो । निर्देशक सापकोटाले विभिन्न समुदाय र समूहसँग समन्वय गरेर काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले चराले मानिसले रोपेका बाली बिरुवाका कीरा खाएर सहयोग गर्ने गरेको बताउनुभयो । “चरा संरक्षणमा मन्त्रालयले पहल गर्नेछ”, उहाँले भन्नुभयो, “चराको बासस्थान सुरक्षा गर्नुपर्छ, त्यसका लागि प्राविधिक काम महत्त्वपूर्ण हुन्छ । चरा संरक्षणमा सहयोग गरेर सामाजिक संस्थाले सरकारलाई सहयोग गर्ने काम गरेका छन् ।”

पर्यावरणीय दिगो बिकासका प्रमुख डिल्लीबहादुर रावतले पृथ्वीको कूचीकार गिद्ध संरक्षण गर्नुपर्नेमा जोड दिँँदै त्यसका लागि सबै निकाय निरन्तर सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले जलविद्युत्का हाइटेसन तारका कारण समस्या परेकाले यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

Previous Post

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

Next Post

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

metakhabar

metakhabar

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In