• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

metakhabar by metakhabar
२५ साउन २०८२,
0
गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आज राजधानीका नेवार समुदायले विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका हुन् ।

साना बालबालिकालाई गाईको रूपमा सिँगारेर सांस्कृतिक झाँकी निकालिएको छ भने केहीले गाईलाई नै सिँगारेर झाँकी प्रदर्शन गरिरहेका छन् । बालबालिकाका तुलनामा गाईलाई सिँगारेर झाँकी निकाल्ने कम देखिन्छन् ।

राजधानीका असन, कमलाक्षी, क्षेत्रपाटी, लगन, ओमबहाल, टेकु, महाबौद्ध, नयाँबजार, बागबजार, डिल्लीबजार, कमलपोखरी, नक्साल, चावहिल, जयवागेश्वरी, बौद्ध, चुनिखेल, बूढानीलकण्ठ, टोखा, गोकर्ण, आलापोट, साँखु, जोरपाटीलगायत स्थानबाट सांस्कृतिक झाँकी निकालिएको हो । यसरी निस्किएका सांस्कृतिक झाँकीसहितको गाईजात्रा हेर्ने दर्शकको पनि सडकका दायाँबायाँ घुइँचो लागेको छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाउने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्दछ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

यस अवसरमा हास्य व्यङ्ग्यात्मक कार्यक्रमको पनि आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानलगायत स्थानमा हास्य व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

Previous Post

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : महामन्त्री थापा

Next Post

अनलाइन विवाह गरेर आएकी बंगलादेशी युवती रौतहटमा अलपत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर
फिचर-ब्यानर

नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

४ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

४ चैत्र २०८२,
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
आर्थिक

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

४ चैत्र २०८२,
केरा खेतीको बिमा नहुँदा किसान मारमा
आर्थिक

केरा खेतीको बिमा नहुँदा किसान मारमा

४ चैत्र २०८२,
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
आर्थिक

बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

४ चैत्र २०८२,
Load More
Next Post
अनलाइन विवाह गरेर आएकी बंगलादेशी युवती रौतहटमा अलपत्र

अनलाइन विवाह गरेर आएकी बंगलादेशी युवती रौतहटमा अलपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In