भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको छ। भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई नगर परिक्रमा गराएपछि गाईजात्रा पर्व शुक्रबारबाट सुरु भएको हो।
दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि सुरु भएको हो।
देशभरमै आकर्षक मानिने भक्तपुरको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालु आउने गर्दछन्।























