• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी

metakhabar by metakhabar
२१ साउन २०८२,
0
अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तम्घास (गुल्मी) । “म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटवल जानुपर्छ”, चन्द्रकोट गाउँपालिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।”

शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताइन् । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएको छैन । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटवलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताइन् ।

“अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ”, शर्माले भनिन् । उनले नि:शुल्क रूपमा चारआना जग्गा पनि प्रदान गरेका थिए । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् ।

स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटवल धाउनुपर्ने बाध्यता रहेको बताए । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने, “यति ठूलो अस्पताल पालिका एक्लैले सञ्चालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।” चन्द्रकोट गाउँपालिका–६ मा रु १३ करोड ६६ लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने दुई तले आवास भवन पनि निर्माण गरिएको छ ।

गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए ।

Previous Post

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

Next Post

एनपिएल अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै
फिचर-ब्यानर

आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

४ चैत्र २०८२,
नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर
फिचर-ब्यानर

नक्कली उद्धार काण्डः ३३ जनामाथि अभियोजन सिफारिस, बीमा ठगीको ठूला सञ्जाल उजागर

४ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ चैत्र २०८२,
Load More
Next Post
एनपिएल अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

एनपिएल अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In