• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

metakhabar by metakhabar
१८ साउन २०८२,
0
बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा (मकवानपुर), १८ साउनः “हामी खोला र वनका रक्षक हौँ, अपराधी होइनौँ, हाम्रो संस्कृति, पेसा र पहिचान जोगाउन सरकारले ध्यान दिनुपर्छ”, माछा मार्ने जाल बुन्दाबुन्दै जनप्रतिनिधि बन्नुभएकी मकवानपुरको मनहरी गाउँपालिका–७ की कान्छीमाया बोटेले भन्नुभयो । माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिनुपर्ने उहाँको माग छ ।

कान्छीमाया भन्नुहुन्छ, “वन र खोलामा नजाने हो भने घर चल्दैन, जाने हो भने निकुञ्जले समातेर आधाबार पुर्याउँछ र अपराधीजस्तो महसुस गराउँछ । त्यसैले सरकारले हाम्रो परम्परगत सीप र जीवनशैली बुझिदिनुपर्छ ।” खोलामा माछा मार्ने विकल्पका रूपमा धन कमाउन विदेश गएको २७ वर्षीय छोराको शव फर्किएको घटना सम्झँदै उहाँ भन्नुहुन्छ, “हामीलाई विदेशमा मर्न बाध्य नबनाऊ सरकार, हाम्रो आफ्नै पहिचान छ, जुन वातावरणमैत्री नै हो ।” उहाँका अनुसार बोटे समुदाय प्रकृति पुजारी भएकाले प्रकृतिलाई क्षति नपुर्याई जीवन धान्ने गरिएको थियो । सामुदायिक वन भने पनि पस्न नपाउने भएकाले त्यो समुदायको हो भन्नेसम्म पनि नलागेको कान्छीमाया बताउनुहुन्छ ।

राप्ती खोलामा माछा मार्न नपाइने र जङ्गलमा जान नपाइने अवस्था आएपछि बोटे समुदाय परम्परागत पेसाबाट विस्थापित हुँदै गएको कान्छीमायाले बताउनुभयो । उहाँका अनुसार बोटे समुदायको परम्परागत पेसा माछा मार्ने र डुङ्गा चलाउने हो, तर पर्सा र चितवन राष्ट्रिय निकुञ्जको छेउबाट बग्ने राप्ती नदीमा माछा मार्न प्रतिबन्ध लगाइएपछि करिब ५० घर रहेको बोटे बस्ती रोजगारीविहीन बन्दै गएको छ ।

कान्छीमाया भन्नुहुन्छ, “माछाबिना हाम्रो संस्कारै रोकिन्छ, न जन्मोत्सव हुन्छ, न मृत्युसंस्कार ।” उहाँका अनुसार राप्ती खोला र नजिकको जङ्गलमा आश्रित बोटेहरूका लागि पहिल्यै दिइएको माछा मार्ने अनुमतिपत्र (लाइसेन्स) दुई वर्षदेखि नवीकरण भएको छैन । करिब ३५ जनाले पाएको लाइसेन्स पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले नवीकरण नगरेपछि समस्या चुलिएको उहाँ बताउनुहुन्छ ।

कान्छीमायाका अनुसार बोटे समुदायको जीवनयापनको माध्यम नै वनको कुरिलो, निगुरो, तामालगायत सङ्कलन गर्ने र बेचेर घर धान्नेमा उक्त कार्य निकुञ्जको नियमनले रोक लगाएको छ भने खोला किनारमा खोलिएको सामुदायिक माछापोखरी पनि गाउँपालिकाको सहयोग नपाउँदा बन्द भएको छ । वैकल्पिक रोजगारी खोज्दै बोटे समुदायका धेरैजसो सदस्य इँटाभट्टा, बालुवा सङ्कलन, खेतमा मजदुरी, बाख्रापालन, गाईपालन र भाडाको जग्गामा कृषिकार्यमा लागेका छन् । तर यसले दीर्घकालीन समाधान दिएको छैन ।

निकुञ्ज प्रशासनले नवीकरणका लागि सङ्कलन गरेको माछा मार्ने अनुमतिपत्र नदिएकाले तनाव भएको जितबहादुर बोटे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीलाई पन्ध्र सय कमाउन निकै मुस्किल पर्छ तर पन्ध्र सय पर्ने जाल निकुञ्जले खोसेर लान्छ, हामी रुँदै घर फर्कन्छौँ, कहिले त भोकै सुत्नुपर्छ”, अनुमतिपत्र नवीकरण भए जीवन धान्न सहज हुने उहाँ बताउनुहुन्छ ।

संस्कृति जोगाउन बालबालिकालाई परम्परागत ज्ञान दिँदै बोटे समुदाय

बोटे समुदायको सांस्कृतिक अस्तित्वसमेत सङ्कटमा छ । परम्परागत भाषा, रीतिरिवाज र संस्कार नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने अवस्था आएको छ । चितवनमा भाषा कक्षा सञ्चालन भए पनि मकवानपुरमा सरकारले पहल नगरिदिँदा आफूहरूले नै बालबालिकालाई सिकाउन थालेको कान्छीमायाले बताउनुभयो । उहाँका अनुसार सामूहिक पूजा गर्ने, साउने सङ्क्रान्तिमा घाटमा पूजाआजा गर्ने, चण्डी पूर्णिमा, झाँक्रीपूजा, वाइपूजालगायत परम्परागत संस्कार बालबालिकालाई सिकाउने गरिएको छ । समुदायमा कूलपूजा र सेतो भाले चढाउने परम्परा रहेको कान्छीमायाको भनाइ छ ।

बोटे जातिको इतिहास प्रकृतिसँग नजिक छ । त्यसैले मनहरीका बोटेले देउराली सिमलको रुखको फेदमा सामूहिक पूजा गर्ने थलो बनाएका छन् । साउने सङ्क्रान्तिमा खोला, घाटमा गएर पूजा गर्ने चलन छ । खोलामा माछा मार्ने वा डुङ्गा चलाउने क्रममा कुनै अप्रिय घटना नहोस् भनेर पूजा गर्ने चलन रहेको मनहरी–७ प्रतापुरका जीतबहादुर बताउँछन् । जीतबहादुर बोटे समुदायका धामी पनि हुनुहुन्छ । बस्तीमा बिरामी पर्दा सुरुमा धूपअक्षता गरेपछि मात्र स्वास्थ्य केन्द्र लैजाने चलन यथावतै रहेको उहाँ बताउनुहुन्छ ।

कान्छीमायाका अनुसार उहाँको समुदायको आफ्नै मौलिक मुख्य पर्व भने खासै छैन । हिन्दू धर्मावलम्बीले मान्ने दसैँ, तिहार र तीज उनीहरूको पनि मुख्य चाडपर्व हो । हिन्दू धर्मावलम्बीका अन्य समुदायले झैँ आफूहरू यी चाड एकापसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग मनाउने गरेको उहाँको भनाइ छ । ठूलो रुखको फेदमा ढुङ्गा राखेर त्यसैलाई देवता मानी पूजा गर्नुका साथैै वैशाखमा झाँक्रीपूजा र भदौमा वायुपूजा गर्ने कान्छीमायाले बताउनुभयो ।

पहिलापहिला वर्षको जुनसुकै समयमा मानिसको मृत्यु भए पनि भदौमा अन्तिम संस्कार गरिने कान्छीमायाको भनाइ छ । उहाँका अनुसार सिङ्गो समुदायलाई खुवाउनका लागि भदौमा जङ्गली फलफूल, माछा, मकै आदि हुने भएकाले उक्त महिनामा अन्तिम संस्कार गरिने भए पनि यो चलन भने हाल फेरिएको छ । मृत्यु संस्कारमा गीत आउने चलन भने कायमै रहेको र नयाँ पुस्तालाई पनि सिकाइरहेको उहाँले बताउनुभयो ।

घर छ, रोजगार छैन

राप्ती खोलामा माछा मारेर बिक्री गर्दै आएका बाटो समुदायलाई पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले खोलामा जाल हानेर माछा मार्न प्रतिबन्ध लगाएपछि उनीहरूको पेसा नै सङ्कटमा पर्दै गएको हो । केही वर्ष पहिले राप्ती र मनहरी खोलामा माछा मार्नका लागि पर्सा राष्ट्रिय निकुञ्जले अनुमतिपत्र दिएको थियो । तर, त्यो अनुमतिपत्र पनि दुई वर्षदेखि नवीकरण भएको छैन । पैतीस जना बोटेलाई दिइएको अनुमतिपत्र नवीकरण गर्न भनेर पर्सा राष्ट्रिय निकुञ्जको आधाभार कार्यालयमा लगेको तर, नवीकरण भएर आएन ।

वनजङ्गलको भरमा जीविकोपर्जन गर्न पनि समस्या छ । सुरक्षाकर्मीले राष्ट्रिय निकुञ्जमा प्रवेश गर्न दिँदैनन् । सामुदायिक वनमा कुरिलो, अम्रिसोजस्ता कुरा छैनन् । माछा मार्ने अनुमतिपत्र नवीकरण नभएपछि उनीहरूले वैकल्पिक पेसाका रूपमा ज्यालामजदुरी गर्न थालेका छन् । वैकल्पिक पेसाका रुपमा यहाँका बोटे समुदायले मनहरी गाउँपालिकाको सहयोगमा सामुदायिक माछापोखरी निर्माण गरेका थिए तर, त्यो पनि एक वर्षमात्र चल्यो । गाउँपालिकाले दोस्रो वर्षमा सहयोग नगरेपछि सामुदायिक पोखरी पनि सङ्कटमा परेको छ ।्

पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले माछा मार्न पनि लुकीछिपी मात्र जाने गरेको बिनुमाया बोटे बताउनुहुन्छ । बिनुमायाले जङ्गल र खोलामा धेरै जाने जाति भनेर चिनिएको आफ्नो समुदायमा पर्सा राष्ट्रिय निकुञ्जले उनीहरूलाई दिइएको माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिए आफूहरूको जीवनयापन सहज हुने बताउनुभयो । उहाँका अनुसार मनहरीका बोटे समुदायले बाख्रा, गाईवस्तुपालन, खेतीकिसानीलगायत काममा लागेर खोला र वनजङ्गल जान कम भएको छ । खोलामा गएर माछा मार्ने, जङ्गलमा गएर निगुरो, कुरिलोको जरा, तामालगायत सङ्कलन गरेर बेच्नुभन्दा अरुको जग्गा भाडामा लिएर खेतीपाती गरेर धानिएको घर अहिले सङ्कटमा भएको बिनुमायाको भनाइ छ ।

नेपालमा बोटे जातिको बसोबास मकवानपुर, चितवन, नवलपरासी, तनहुँ, गुल्मी, लमजुङलगायत जिल्लामा मात्र पाइन्छ । चितवनको माडी क्षेत्र बोटे जातिको सबैभन्दा बढी बसोबास भएको क्षेत्र मानिन्छ । विसं २०७८ को जनगणनाअनुसार देशभर बोटे जातिको जनसङ्ख्या ११ हजार २५८ छ ।

Previous Post

अमेरिका–रूस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने

Next Post

मन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
Load More
Next Post
मन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन

मन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In