ताडफ (ताडी) सँग दही या मही खानु विषप्रदायक हुन्छ ।
बडहरको फलसँग मासको दाल कदापि नखानु ।
काँक्रा, खिरा, खरबुजा, तरबुजासँग दूध अत्यन्त हानिकारक मानिन्छ ।
दाल, भात, तरकारीमा कागती निचोरोर खानु निकै हानिकारक मानिन्छ ।
खानाको अन्त्यमा आँप, मेवा, सरिफा, एवोकाडो, केराजस्ता गुलिया फल पाचन प्रक्रियाका दृष्टिले अस्वस्थकर हुन्छन् किनभने आधा घण्टामा पच्ने फल अन्त्यमा खाँदा पचेपछि तल जाने बाटो बन्द हुन्छ ।
फलफूल र चिसो पानी एकसाथ खानु अस्वस्थकर हुन्छ ।
फलफूल तथा फलफूलको रसलाई तताएर खानु त्यसको सत्त्वलाई नष्ट गर्नु हो ।
एक पटकमा केवल एक प्रकारको फल खानाले त्यसको प्रत्येक सूक्ष्मतम अंशको स्वाद, पुष्टि र सन्तुष्टि तिनै कुरा प्राप्त हुन्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













