अचेल शहरका सबै घरमा ग्याँस चुल्होको प्रयोग भइरहेको छ । तर यसको ठूलै दुष्प्रभाव पनि भएको कुरा हङकङका वैज्ञानिकहरुले पत्ता लगाएका छन् । ग्यासचुल्होमा दैनिक तीन पटक भोजन पकाउने परिवारका केटाकेटीहरुलाई स्वास–प्रश्वासको रोग हुन सक्ने सम्भावना ४४ प्रतिशत भएको उनीहरुले बताएका छन् ।
एलर्जी, दम, ब्रोनकाइटिस, पिनास आदि रोग केटाकेटीमा बढी नै पाउनुको कारण ग्यास चुल्होकै प्रयोग भनी पुष्टि भएको छ । दिनको एक पल्ट मात्र ग्यास चुल्हो अन्य बेला बिजुलीको चुल्हो चलाउने परिवारमा भने यस्तो रोग हुने सम्भावना १९ प्रतिशतमा भेटिएको उनीहरुले बताएका छन् ।
अतः ग्यास चुल्हो चलाउँदा सबै झ्याल खोल्नुस्, पंखा चलाउनुहोस्, केटाकेटीहरुलाई भान्छाकोठामा जान नदिनुहोेस् ।
साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट













