काठमाडौँ–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निर्वाचित भएका छन् । योसँगैएमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् । कूल ४५ हजार ९५८ मत खसकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ।
अब ४ हजार ३४० मत गन्न बाँकी छ। तर, गणना सम्पन्न हुनुअघि नै पोखरेल र कांग्रेस उम्मेदवार प्रदीप पौडलबीचको मतान्तर ४ हजार ५९० पुगिसकेको छ।
पौडेलले १४ हजार ५२ मत पाएका छन्। पोखरेलले ९ हजार ४६२ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशसरण महतलाई पराजित गर्दै पोखरेल विजयी भएका थिए। तर, उनको औपचारिक घोषणा हुन बाँकी छ ।













