काठमाडौं । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुने भएको छ । यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ हुने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरिएको हो ।
गत मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभा सम्पन्न गरेको आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरिएको हो ।
आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।













