काठमाडौँ– गायक राजेश राईको नयाँ म्युजिक भिडियो ‘बनमारा’ सार्वजनिक भएको छ ।
उनलाई यो गीतमा गायिका मेलिना राईले साथ दिएकी छन् । उनको यो अघि नै धेरै लोकप्रिय गीत बजारमा आइसकेको छ । त्यसो त गीत दर्शकले रुचाए पनि गायक भने ओझेलमा पर्दै आएका छन् ।
त्यसो त उनी नेपाली टेलिभिजनको एक रियालिटी सो सिगिङ सुपर स्टार प्रथम संकरणको विजेता पनि हुन् । यसअघि नै उनकाे स्वरमा आएको तोडियो तोडियो, कालो कालो, अर्खौले बजार लगायतका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । यो नयाँ गीत बनमारा पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको विश्वास रहेको छ ।
बनमारामा दुर्लभ जन्तरेको शब्द, शंकर थापा समाईलको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ । भिमफेदी गाईजका निर्मल लामा निर्देशित भिडियोमा भिमफेदी गाईजको साथै हाँस्य कलाकार इकु र स्मारिका ढकालकोको अभिनय हेर्न सकिन्छ ।
पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।













