• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

असारदेखि पाएनन् जुनीचाँदेका सुत्केरी महिलाले भत्ता

by
७ माघ २०७९,
0
२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत साउनमा जाजकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरी सुत्केरी भइन् । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिइन् । स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किइन् । स्वास्थ्य संस्थाले उनलाई सुत्केरी र गर्भवती जाँच तथा पोषण रकम गरेवापत भत्ता नदिएरै विदा ग¥यो । भत्ता लिनका लागि उनी तीन पटक स्वास्थ्य केन्द्रमा पुगिन् । तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन् । उनले अहिलेसम्म पनि सुत्केरी भत्ता पाएकी छैनन् ।

पुस २२ गते जुनीचाँदे गाउँपालिका ४ कि विमला बिष्टपनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी भइन् । उनले पनि सुत्केरी र पोषण भत्ता पाइनन् । स्वास्थ्य केन्द्रले उनलाई पनि गाउँपालिकाले भत्ता नपठाएको भन्दै रित्तै फर्काइदियो ।

मनिषा र विमला मात्रै होइन् । गत असारदेखि जुनीचाँदेका कुनैपनि सुत्केरीले भत्ता पाउन सकेका छैनन् । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका हरेक आमाले दुई हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र आठ पटकसम्म गर्भ चेकजाँच गराएमा प्रतिपटक एक सयका दरले आठ सय भत्ता पाउने व्यस्था छ । कुल चार हजार आठ सय रुपैयाँ सुत्केरी भएकै समयमा दिनुपर्ने व्यवस्था छ । तर जुनीचाँदेका आमाहरूले भने असारदेखि सुत्केरी भत्ता पाउन सकेका छैनन् । गाउँपालिकाले समयमै रकम निकासा नगर्दा सुत्केरीले भत्ता पाउन नसकेका हुन् ।

आर्थिक विपन्नता र अभावमा गुज्रिएका आमाहरूलाई सुत्केरी अवस्थामा पोषिलो खानका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले सरकारले सुत्केरी र पोषण भत्ता दिँदै आएको छ । तर जुनीचाँदे गाउँपालिकाका ९८ जना सुत्केरीले भने समयै सुत्केरी भत्ता पाउन सकेका छैनन् ।

सुत्केरी भत्ता नपाएपछि विपन्न वर्गका आमाहरूले पोषिलो खानेकुरा खान पाएका छैनन् । सुत्केरी भत्तासँगै सरकारले गर्भवतीको सुरक्षाका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गरेवापत भत्ता दिने व्यवस्था गरेको छ ।

राज्यबाट गर्भवतीलाई प्रसुती गृहमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहनस्वरुप विभिन्न भत्ताको व्यवस्था गरेको हो । तर जनताको घरआँगनको सरकारको ढिलासुस्तीका कारण जुनीचाँदेका आमाहरूले समयमै सुत्केरी भत्ता पाउन नसक्ने वातावरण बनेको छ ।

सुत्केरी भएको सयममा पोषणयुक्त खानाका लागि भत्ता दिने नीति लिएको गाउँपालिकाले निर्धारित कार्यक्रम अनुसारको सुत्केरी र पोषण भत्ता वितरण गर्न सकेको छैन ।

सुत्केरी भएको समयमा भत्ता नपाएपछि पटक–पटक स्वास्थ्य संस्था जान बाध्य भएका छन् । ‘अहिलेसम्म त आइपुग्यो होला भनेर स्वास्थ्य चौकीमा जान्छौँ तर जहिले गएपनि भत्ता नआएको भन्दै फर्कादिन्छन्’ जुनीचाँदे ५ शन्तोसी गिरीले भनिन्, ‘घरआँगनको सरकार भएर के गर्नु गाउँपालिकाले हाम्रो पीडा बुझेन् ।’

असारमै सबै कागजात पेश गर्दापनि अहिलेसम्म भत्ता नपाएको सुत्केरीहरूको गुनासो छ । समयमै सुत्केरी भत्ता नआएका आमाहरूले फिल्ड गएका स्वास्थ्यकर्मीसँग पनि भत्ताको विषयमा सोधिखोजी गर्ने गरेका छन् । कतिपयले पटक–पटक फोन गरेर भत्ताका लागि बुझ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

रकम निकासामा भएको ढिलाइका कारण समयमै सुत्केरी भत्ता वितरण गर्न नसकेको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु २०७९र८० मा कसैलाई पनि सुत्केरी तथा पोषण दिन नसकेको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताए ।

भत्ताका लागि पालिकामा ९८ जना आमाहरूको फाइल आइपुगेका छन् । कार्यालयमा आएका कागजात जाँचबुझ गरेर तत्काल रकम निकाशा लागि प्रक्रिया अगाडी बढाएको शाहीले बताए ।

Previous Post

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्रीलाई जरिवाना

Next Post

चितवनमा यो वर्ष १० गैँडा मरे

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

७ चैत्र २०८२,
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै
खेलमैदान

आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

७ चैत्र २०८२,
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
समाचार

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

७ चैत्र २०८२,
Load More
Next Post
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १० गैँडा मरे

चितवनमा यो वर्ष १० गैँडा मरे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In