• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

metakhabar by metakhabar
१३ साउन २०८२,
0
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ : आर्थिक वर्ष २०८१/८२ मा उपल्लो मुस्ताङ भ्रमण गरेका विदेशी पर्यटकबाट नेपाल सरकारले रु २९ करोड ११ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यहाँ चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेवापत नेपाल सरकार अध्यागमन विभागले उक्त राजस्व सङ्कलन गर्न सफल भएको हो ।

सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेका कारण उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकले उच्चस्तरको पर्यटकका रूपमा प्रवेशआज्ञा अनुमति लिनुपर्ने प्रावधान छ । त्यहाँ जाने विदेशी पर्यटकलाई अध्यागमनले विभागले १० दिनको प्रवेशआज्ञा अनुमतिपत्र स्वरूप पाँच सय डलर शुल्क उठाउने गरिएको छ । त्यहाँ अनुमति बेगर जाने विदेशी पर्यटकहरू अवैध रूपमा प्रवेश गरिएको मानिन्छ ।

सरकारलाई त्यहाँ तोकिएको शुल्क बुझाएर अनुमति लिई जाने विदेशी पर्यटकलाई १० दिन कटेपछि थप दैनिक ५० डलर अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले गत वर्ष त्यहाँ पुगेका विदेशी पर्यटकबाट २१ लाख नौ हजार पाँच सय अमेरिकन डलर राजश्व सङ्कलन गरेको हो ।

यहाँको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा घोषणा गरेकाले उपल्लो मुस्ताङमा एकदमै न्यून विदेशी पर्यटकहरू मात्रै पुग्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०८१/८२ को बाह्र महिनाको अवधिमा ७३ राष्ट्रका कूल चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । उपल्लो मुस्ताङमा उक्त सङ्ख्यामा विदेशी पर्यटक भित्रिदा चार सय ३६ जना फ्रान्सेली पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यो सङ्ख्या कूल विदेशी पर्यटक सङ्ख्याको (१०.३३) प्रतिशत हो । यसैगरी सोहीवर्ष सबैभन्दा कम १२ राष्ट्रका एकएक जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ ।

एक्याप लोमान्थाङको तथ्याङ्कअनुसार आव २०८०/०८१ मा ७१ राष्ट्रका तीन हजार ४४३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसबेला उपल्लो मुस्ताङ भित्रिने कुल विदेशी पर्यटक सङ्ख्यामध्ये ३९९ जना फ्रान्सेली पर्यटक थिए । यो सङ्ख्या कुल पर्यटकको (११.५८) प्रतिशत हो । यसैगरी सोही वर्ष सबैभन्दा कम ७ राष्ट्रका एकएक जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको साउनदेखि ११ गतेसम्ममा १५ राष्ट्रका ६६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै बेल्जियमका १३ जना र सबैभन्दा कम लक्जेम्बरका एक जना विदेशी पर्यटक छन् । आव २०८१/८२ को साउनदेखि असार महिनासम्म कूल एक लाख ५० हजार चार सय ५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ भित्रिएका विदेशी पर्यटक सङ्ख्याको तुलनामा (२.८०) प्रतिशत मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएको तथ्याङ्कले देखाउँछ ।

आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा (१८.३९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । त्यहाँ निषेधित क्षत्रे कायम रहँदा उपल्लो मुस्ताङको पर्यटन व्यवसाय धरासयी भएको भन्दै उपल्लो मुस्ताङका जनप्रतिनिधि र पर्यटन व्यवसायीहरू असन्तुष्ट छन् । त्यहाँ कायम गरिएको निषेधित क्षेत्र खुला गर्न माग राख्दै पटक÷पटक सरकारको ध्यानाकर्षण गर्ने गरिएको छ ।

Previous Post

एमसिसीको निरन्तरता

Next Post

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

metakhabar

metakhabar

सम्बन्धित खबर

ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
Load More
Next Post
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In