• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच

metakhabar by metakhabar
११ साउन २०८२,
0
निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ११ साउन : मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो ।

रु ९४ लाखको लागतमा निर्माण भएको योजनाबाट निस्कोटका एक सय २५ घरपरिवार लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिनुभयो । उपभोक्ताको घरघरका साथै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिकस्थलमा थप सातवटा धारा जडान भएको छ ।

टोटो बजाउनेमा रहेको मुहानबाट १६ किलोमिटर मुख्य र शाखा पाइप लाइन बनाएर १३ वटा ट्याङ्की, दुईवटा डिपिटीलगायतका संरचना बनाएर खानेपानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताउनुभयो । ‘‘३७ वर्षअघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट पालो कुरेर पानी वितरण गर्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “धारा र कुवाबाट पानी ओसार्न हुने समयको बचत र झञ्झट हटेको छ ।”

पुरानो आयोजनाका संरचना जीर्ण हुँदा खानेपानी आपूर्ति नियमित नहुने र पानी वितरण अव्यवस्थित थियो । सार्वजनिक धारामा पानी नआउँदा उपभोक्ताले कुवा र खोल्साबाट गाग्री, ग्यालिन, ड्रम र बोत्तलमा पानी सोसार्ने गर्दथे । खानेपानीका धारासँगै भाँडा सुकाउने चाङ निर्माण भएको छ । पानीको मितव्ययी र व्यवस्थित तथा दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरेर शुल्क उठाउने व्यवस्था मिलाइएको छ । खानेपानी योजना निर्माणका लागि प्रतिघर ९० दिनका दरले श्रमदान गरेका छन् । घरघरमा सफा र स्वच्छ खानेपानी आउन थालेपछि श्रमदानको दुःख भुलाएको उपभोक्ता तमबहादुर पुनले बताउनुभयो ।

नेवा संस्थाका प्राविधिक छमीराम शर्माका अनुसार नेवाको रु ६४ लाख र उपभोक्ताको रु ३० लाख बराबरको श्रमदानमा योजना निर्माण भएको हो । नेवाको सहयोगमा यसअघि गत वर्ष मालिका गाउँपालिका–१ का अन्य टोलमा निर्माण भएको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए ।

Previous Post

सुक्खा पहिराले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

Next Post

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

८ अशोज २०८३,
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

८ अशोज २०८३,
भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
Load More
Next Post
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In