• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै

metakhabar by metakhabar
१० साउन २०८२,
0
थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर।कञ्चनपुरका थारू समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै जान थालेको छ ।

थारू समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ ।

जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गरे ।

‘बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो’, उनले भने, ‘बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।’

बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ । छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो, तर अब ती दिन सपनाजस्ता भएको उनी सुनाउँछन् ।

छतरी थारू समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताए । बाँसको चोयाले बुनेर महुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनको भनाइ छ ।

‘पहाडबाट ल्याइने बलियो बाँसले बनाइएका छतरी पाँच वर्षभन्दा बढी टिक्ने गर्दथे’, उनले भने, ‘थारु समुदायमा तीन प्रकारका छतरी प्रचलनमा थिए, जसमा ठूलो गोलो छतरी, जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी, टाउको मात्रै ढाँक्ने सानो छतरी र स्यांगो, त्रिकोण आकारको पूरै शरीर छोप्ने छतरी प्रचलनमा थिए ।’

यी सबै आज प्रयोगबाट हराइसकेको उनले बताए । परम्परागत छतरीको तुलनामा बजारमा आधुनिक र सस्तो छाता रेनकोट सजिलै पाइने भएपछि परम्परागत सीप लोप हुन थालेको कलंकबहादुर चौधरीले बताए । बाँस र महुराइनको पात मुख्यरूपमा चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो । तर अहिले वनभित्र अनुमति बिना प्रवेश गर्न नपाइने, पात टिप्दा झन्झट हुने, र कानूनी जटिलता हुने भएपछि छतरी बनाउने चलन नै बन्द भएको उनको भनाइ छ ।

‘थारु परम्परामा ससुराली जाँदा छतरी, सुप्पा, मचिया उपहार दिने चलन थियो’, हवलदार चौधरीले भने, ‘परम्परागत वस्तुहरू उपहारमा दिने चलन पनि हरायो, महुराइनको पातलाई पवित्र मानिने हुँदा पूजामा प्रयोग हुने दुना, टपरी पनि त्यही पातबाट बनाइन्थ्यो, त्यसको बदलामा अहिले सातको पातले काम चलाउने गरिन्छ ।’

उनले भने, ‘आजका युवा छाता, रेनकोट र प्लास्टिकका सजिला सामानतर्फ आकर्षित छन्, सीप सिकाउने बूढापाका घट्दै जाँदा छतरीजस्ता मौलिक वस्तु लोप हुने अवस्थामा पुगेका छन, लोप हुँदै गएका छतरीलगायतका वस्तुको जगेर्ना गरी यस्ता हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्नुपर्छ ।’

छतरी थारु समुदायको केवल आवश्यकता होइन, पहिचान पनि भएकाले त्यसको संरक्षण नगर्ने हो भने भविष्यमा केवल तस्बिर वा सङ्ग्रहालयमा मात्रै सीमित हुने उनको चिन्ता छ ।

उनका अनुसार यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै सचेत भएर सीप संरक्षण कार्यक्रम र सांस्कृतिक जागरण अभियान सुरू गर्न आवश्यक छ ।

Previous Post

तल्लो सोलुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

Next Post

पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बित

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बित

पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In