• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

metakhabar by metakhabar
९ साउन २०८२,
0
दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी, ९ साउनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित अन्तरराष्ट्रिय छात्राबास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा लुम्बिनीलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

रुपन्देहीको देवदहमा करिब रु ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजनाको अर्थमन्त्रीले पौडेलले आज सार्वजनिक गर्नुभएको हो । विश्वविद्यालयलाई २०७७ सालमा सरकारले करिब ९२ बिघा जमिन देवदहमा भोगाधिकारका लागि दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत असार ३२ गते बसेको अठौँसभा बैठकले स्वीकृत गरेको थियो ।

सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले आज सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताउनुभयो । “गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ”, उहाँले भन्नुभयो, “सरकार विश्वविद्यालयको क्षमता विकासमा सहयोग गर्न सधैँ तत्पर छ ।”

विसं २०५१ मा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले अहिले विश्वविद्यालयको स्वरुपमा पुगेकामा खुसी व्यक्त गर्नुभयो । “यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुनसक्छ”, उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पु¥याउनुपर्छ ।”

बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउँदा विश्वविद्यालय थप प्रभावकारी रूपमा अघि बढेको उहाँको भनाइ थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतमबुद्धका रूपमा ‘ब्राण्डिङ’ गरी त्यसको फाइदा उठाउँदै अन्तरराष्ट्रियस्तरमा फैलाउन निर्देशन उहाँले विश्वविद्यालय परिवारलाई निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री पौडेलले रु ८० अर्बको गुरुयोजनाका मूर्तरुप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्नेमा जोड दिनुभयो । पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले सहकार्य र समन्वय गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकामा चिन्तासमेत व्यक्त गर्नुभयो । “बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन”, उहाँले थप्नुभयो, “यस्ता संस्थालाई पूर्णता दिन नेतृत्वतह इमान्दार हुनुका साथै संस्कृति, सम्पदाको महत्त्व बुझेको र ज्ञान भएको हुनुपर्दछ ।” उपप्रधानमन्त्री पौडेलले देशका ठूला आयोजना क्रमशः बन्दै गइरहेका भन्दै त्यसको संरक्षण, प्रवर्द्धन र सरसफाइमा हरेक नागरिक लाग्नुपर्ने बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताउनुभयो । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजनालगायत परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । उहाँले देवदह गुरुयोजनाको सपना शीघ्र पूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पु¥याउनुभएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धान सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको बताउनुभयो ।

देवदहको जग्गा प्राप्तिमा भएको कठिनाइ स्मरण गर्दै उहाँले गुरुयोजना कार्यान्वयन हुँदा मुलुकको नमूना विश्वविद्यालयका रूपमा स्थापित गराउन सकिने धारणा राख्नुभयो । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालय देशकै गौरवको आयोजनाका रूपमा रहेको बताउनुभयो । उहाँले लुम्बिनीको समग्र विकासमा सङ्घीय सरकारको विशेष चासो र सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

विश्वविद्यालयले रुपन्देहीको खडैयामा रु १२ करोड ८३ लाखको लागतमा एक सय विद्यार्थी बस्ने क्षमताको अन्तरराष्ट्रिय छात्राबास (होस्टेल) निर्माण गर्न लागेको छ । सो छात्राबास निर्माण २० महिनाभित्र सकिने अपेक्षा गरिएको छ । विश्वविद्यालयमा हाल करिब दुई सय विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

Previous Post

मनसुन प्रतिकूल बन्दा : धान उत्पादन घट्ने चिन्ता

Next Post

शरीरमा यी संकेतहरू देखिन थाले तुरुन्तै परीक्षण गर्नुस्, कोलेस्ट्रोल बढेको हुनसक्छ

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
शरीरमा यी संकेतहरू देखिन थाले तुरुन्तै परीक्षण गर्नुस्, कोलेस्ट्रोल बढेको हुनसक्छ

शरीरमा यी संकेतहरू देखिन थाले तुरुन्तै परीक्षण गर्नुस्, कोलेस्ट्रोल बढेको हुनसक्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In