• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शून्य समयमा सांसदद्वारा समसामयिक विषयमा ध्यानाकर्षण

metakhabar by metakhabar
८ साउन २०८२,
0
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ८ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले सडक, सिँचाइ, जलवायुको जोखिम, मलखाद, बालबालिकामाथि हुने दुव्र्यवहार, मुलुकका राष्ट्रिय समस्या र किसानले व्येहोरिरहेका विभिन्न समस्यालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद सराज अहमद फारुकीले कपिलवस्तुमा आर्थिक विकासको कमी, पूर्वाधारको अभाव, शिक्षा र बेरोजगारीको समस्या रहेको तथा सामाजिक असमानता, जातीय भेदभाव र राष्ट्रिय एकताको चुनौती, प्राकृतिक विपद्को जोखिम रहेको भन्दै यसको समाधानका लागि तीनै तहका सरकारको प्रभावकारी समन्वय आवश्यक पर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद सरिता भुसालले डिजिटल कारोबार गर्नेलाई विदेशी मुद्रा भित्र्याउन कठिनाइ भइरहेको भन्दै सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शान्ति चौधरीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को स्मार्टकार्ड तथा राष्ट्रिय परिचयपत्र नागरिकले समयमा पाउन नसकेका भन्दै शीघ्र र सहज रूपमा पाउने व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सीताकुमारी रानाले आज पनि देशका विभिन्न ठाउँमा निर्दोष बालबालिकामाथि हुने हिंसा, श्रम शोषण, यौन दुव्र्यवहारलगायत घटना बढिरहेका भन्दै यस्ता निन्दनीय कार्यले उनीहरूको भविष्यमाथि खेलबाँड भइरहेकाले बालबालिकामाथि हुने सबै प्रकारको भेदभाव र हिंसाजन्य गतिविधि अन्त्य गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सीता मिजारले जलवायु परिवर्तनका कारण वर्षा नहुनु, देशभर सर्पदंशका घटना बढ्नुलगायत समस्या भइरहेको बताउँदै सर्पदंशका बिरामीले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाइरहेकाले सहज उपचार सेवा विस्तार गर्न माग गर्नुभयो ।

उहाँले सर्पदंशका कारण अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रत्येक गाउँपालिकामा सर्पदंशको सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुनिता बरालले आजभोलि आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भन्दै नेपाल प्रहरीमा भएको आर्थिक वर्ष २०८१÷८२ को तथ्याङकअनुसार एक वर्षमा छ हजार १०२ जनाले आत्महत्या गरेका जानकारी दिनुभयो । उहाँले झुण्डिएर आत्महत्या गर्नेकोसङ्ख्या मात्रै पाँच हजार १०० रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई साइबर सुरक्षासम्बन्धी शिक्षा र मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन अपरिहार्य भएको बताउनुभयो ।

सांसद सुरेन्द्रराज आचार्यले नारायणगढ–बुटवल सडकखण्ड पटकपटक समयावधि थपिँदा पनि निर्माण सम्पन्न हुन नसकेकाले यसबाट यात्रुले सास्ती व्येहोर्नुपरेको भन्दै शीघ्र निर्माण सम्पन्न गराउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुशीला सिर्पाली ठकुरीले मुलुकमा पुनःलोडसेडिङको त्रास बढेको भन्दै जनताका समस्याप्रति गम्भीर बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुशीला श्रेष्ठले उदयपुर चौदण्डीगढी नगरपालिकाको चटपटे बसाहथान, बर्खेडाँडा, माडिबास हुँदै बेल्टार जाने बाटो निर्माणमा ढिलाइ भएको भन्दै शीघ्र निर्माण गर्न÷गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली हवाई उडाको अनुमति प्राप्त गर्ने विषय, नेपालगञ्ज भन्सार नाकालाई खुला सुक्खा बन्दरगाहका रूपमा विस्तार गर्नेलगायत विषयलाई मुख्य एजेण्डा बनाउन सफामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सञ्जयकुमार गौतमले पूर्व–पश्चिम राजमार्गमा सडक डिभाइडर आतङ्कले यात्रालाई असहज बनाइरहेको, ट्राफिक जाँचका नाममा नागरिकलाई आतङ्कित बनाइएको भन्दै सडक डिभाइडर र ट्राफिक चेकजाँच हटाउन सरकारसमक्ष माग गर्नुभयो । सांसद हर्कमाया विश्वकर्माले इलामको इलाम नगरपालिकाका एम्बुलेन्स चालक अरुण सेन्चुरीलाई प्रतिशोध साँचेर नगरपालिकाका उपप्रमुखले कामबाट निष्कासन गरेको भन्दै मजदुरमाथि जनप्रतिनिधिले गरेको व्यवहारको निन्दा गर्दै निजको रोजगारी सुनिश्चित गर्न माग गर्नुभयो ।

सांसद हितराज पाण्डेले जलवायु परिवर्तनका कारण विभिन्न प्राकृतिक विपद्का घटना बढिरहेका, गोरखाको पालुङटारमा सिँचाइको अभावले धान रोप्न किसानलाई समस्या भइरहेको भन्दै पानीको स्रोत सङ्कलन गर्ने आयोजना सञ्चालन गरेर तराईका सुक्खा र पहाडका पानी नभएका स्थानमा पानीको व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हेमराज राईले प्रतिनिधिसभाबाट ‘भिजिट भिसा’ सम्बन्धमा छानबिन तथा सुझाव समिति गठनको माग गरी संसद् बहिस्कार गर्दै जथाभाबी बोलिरहेका दलका प्रतिनिधिलाई त्यसरी बोल्न कहिलेसम्म दिने हो? भनी प्रश्न गर्नुभयो ।

सांसद हृदयराम थानीले राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले गत पुस ४ गते सर्वसम्मतिले पारित गरेको अख्तियारसम्बन्धी विधेयक छलफल नगरी थन्क्याएर राखिएको भन्दै उक्त विधेयकमाथि समितिमा तत्काल छलफलको वातावरण मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षासम्बन्धी विधेयक अलपत्र अवस्थामा रहेको भन्दै यसलाई शीघ्र अगाडि बढाउन सरकारसमक्ष माग गर्नुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अन्नको भण्डार मधेसमा लामो समयदेखि सुक्खा हुँदा त्यहाँको अवस्था भयावह बनिरहेको भन्दै सरकारले हालै मधेसलाई विपद् सङ्कटग्रस्त घोषणा गर्नु स्वागतयोग्य भए पनि केवल घोषणाले मात्रै किसानको समस्या समाधान नहुने बताउनुभयो । उहाँले उक्त घोषणको कार्ययोजनाका साथ कार्यान्वयन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
—

Previous Post

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै

Next Post

अनमोल केसी अब पारिश्रमिक होइन, फिल्ममा सेयर लिएर अभिनय गर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

२९ जेष्ठ २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
अन्तर्राष्ट्रिय

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

२९ जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
आर्थिक

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

२९ जेष्ठ २०८३,
मङ्गलेखानीमा खेलमैदान निर्माण
आर्थिक

मङ्गलेखानीमा खेलमैदान निर्माण

२९ जेष्ठ २०८३,
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
आर्थिक

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

२९ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

२९ जेष्ठ २०८३,
Load More
Next Post
अनमोल केसी अब पारिश्रमिक होइन, फिल्ममा सेयर लिएर अभिनय गर्ने

अनमोल केसी अब पारिश्रमिक होइन, फिल्ममा सेयर लिएर अभिनय गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In