• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    झापा–५ र २ मा रास्वपा अगाडि

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भदौ २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय बैठक’ हुँदै

metakhabar by metakhabar
७ साउन २०८२,
0
सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  : जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणलगायत विषयमा सामूहिक रुपमा छलफल गर्ने उद्देश्यले आगामी भदौ २ र ३ गते काठमाडौँमा ‘हिन्दकुश हिमालय संसदीय बैठक’ (एचकेएच बैठक) हुने भएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा उक्त बैठक हुन लागेको हो । समितिले हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशहरू (नेपाल, भारत, चीन, भुटान, बङ्गलादेश, म्यानमार, पाकिस्तान र अफगानिस्तान)का जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा सदस्यहरू र संसदीय व्यवस्था नरहेका देशका जलवायु क्षेत्रमा काम गर्ने उच्च पदस्थ निकायका प्रतिनिधिहरूसँग बैठक आयोजना गर्न लागेको हो ।

समितिले आज बैठकको तयारीका सम्बन्धमा सरोकारवाला मन्त्रालयका सचिव र सहसचिव तथा विज्ञहरूको सहभागितामा आवश्यक सहयोग, सहजीकरण, सुरक्षा र आपसी समन्वय लगायतका विषयमा छलफल गरेको थियो ।

छलफलमा परराष्ट्र, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, स्वास्थ्य, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव तथा सहसचिवहरू र अन्य सरोकारवाला निकायका प्रतिनिधि र सम्बन्धित विज्ञहरू सहभागी हुनुहुन्थ्यो ।

एचकेएच बैठकको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने बताइएको छ । समितिका सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा समितिमा प्रतिनिधित्व गर्ने दलहरूको सहभागितामा बैठक आयोजना गर्नेसम्बन्धी प्राविधिक समिति गठन गरिएको छ ।

आजको तयारी बैठकमा कृषि समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएको सन्दर्भमा यसका चुनौतीको सामना गर्न हिमाल भएका मुलुकसँग सहकार्य अभिवृद्धिका लागि बैठक गर्न लागिएको बताउनुभयो ।

साथै जलवायु विपद् र प्रदूषण, पर्वतीय क्षेत्र र जीवनशैली विषयमा छलफल हुने तथा यस क्षेत्रका मुलुकमा भएका जलवायु अनुकूलनसम्बन्धी राम्रा सिकाइ आदानप्रदान गरिने उहाँले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने बैठकमा अधिकांश मुलुकबाट आउने प्रतिनिधिको निश्चित भइसकेको समितिले जनाएको छ ।

संयोजक बलायरले यस क्षेत्रका जलवायुका मुद्दामा सामूहिक सहकार्य बढाउने तथा अन्तरराष्ट्रिय मञ्चमा साझा धारणा सशक्त बनाउने उद्देश्यका साथ बैठक आयोजना गर्न लागेको बताउनुभयो । साथै उहाँले बैठकको उद्देश्य र तयारीबारे अवगत गराउँदै यो बैठक राष्ट्रकै गौरवको विषय भएकाले यसलाई सफल बनाउन सबैलाई आफ्नोतर्फबाट हरसम्भव प्रयास गर्न आग्रह गर्नुभयो ।

पूर्वमा म्यान्मारबाट पश्चिमको अफगानिस्तानसम्म फैलिएको तीन हजार ५०० किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँ यो क्षेत्रका १० प्रमुख नदीको पानीको स्रोत हो । यही पानीको स्रोतमा करिब दुई अर्ब जनता निर्भर छन् ।

Previous Post

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

झापा–५ र २ मा रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

२२ फाल्गुन २०८२,
आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न
फिचर-ब्यानर

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
जीवन शैली

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

२१ फाल्गुन २०८२,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In