• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

    खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

    खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    ‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘काउन्सिललाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्छ’

metakhabar by metakhabar
५ साउन २०८२,
0
‘काउन्सिललाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ साउन: सांसदहरूले मिडिया काउन्सिललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा उहाँहरूले काउन्सिललाई सरकारको एकाधिकार र हस्तक्षेपबाट मुक्त बनाउन सुझाब प्रस्तुत गर्नुभयो । विधेयक सञ्चारमाध्यम र सञ्चारकर्मीलाई नियन्त्रण नभई नियमन गर्ने गरी आउनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा संशोधनकर्ता सांसद मनिष झाले काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झाले विज्ञसहितको समितिले सिफारिस गरेबमोजिम नियुक्त गर्न उपयुक्त हुने सुझाव दिनुभयो ।

नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न सङ्घीय संसद्को सभामुखको संयोजकत्वमा सम्बन्धित क्षेत्रको विज्ञ एक जना र नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति बनाउने व्यवस्थाका लागि उहाँले प्रस्ताव राख्नुभयो ।

संशोधनकर्ता सांसद एवं नेपाल कम्युनिष्ट पार्टी(एमाले) का बिजुला रायमाझीले विधेयकको नाम नेपाल सञ्चार परिषद् राख्न सुझाव दिनुभयो । उहाँले पत्रकारलाई झन्झटबिनाको वातावरण बनाइदिँदा स्वतः स्वनियमन बढ्ने धारणा राख्नुभयो ।

संशोधनकर्ता सांसद एवं एमालेका ठाकुरप्रसाद गैरेले नियन्त्रण नभई नियमन गर्नेगरी विधेयक आएको प्रतिक्रिया दिनुभयो । उहाँले विधेयकमा गलत समाचार सङ्कलन र सम्प्रेषण गरेको ठहरेमा हुने दण्ड र सजायलाई सरलीकृत गर्न सुझाव दिनुभयो ।

“पत्रकार आतङ्कित हुने परिस्थिति नबनोस् । काउन्सिलको काम प्रभावकारी, जवाफदेही र समयमा सत्यतथ्य निरुपण भएर पीडितलाई न्यायको अनुभूत गराउनका लागि थप व्यवस्था गरेर जानुपर्छ”, सांसद गैरेले भन्नुभयो ।

संशोधनकर्ता सांसद् एवं नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कँुवरले काउन्सिलको पदाधिकारी नियुक्तिका लागि मन्त्रालयको सचिवको स्थानमा स्वतन्त्र व्यक्ति हुनुपर्ने धारणा राख्नुभयो । “सरकारको मातहतमा राखेर त्यो क्षेत्र कसरी निष्पक्ष हुन्छ, कसरी हस्तक्षेप हट्छ ? त्यसैले विश्वासको आधार बनाएर जानुपर्छ”, उहाँले भन्नुभयो ।

संशोधनकर्ता सांसद एवं एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले विधेयकले परिस्थति र समयसापेक्ष नियमनको सुनिश्चितता गर्नुपर्ने आवश्यक औँल्याउनुभयो । “समयसापेक्ष अनलाइनलगायत विद्युतीय माध्यम, छापा पत्रकारितासमेतलाई मर्यादित, जिम्मेवार एवं विश्वासनीय बनाउन स्वच्छ, स्वतन्त्र रूपमा पत्रकारिताको विकास, संरक्षण र नियमनमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

बैठकमा संशोधनकर्ता सांसदहरू डा अमरेशकुमार सिंह, दुर्गा राई र नारायणी शर्माले आआफ्नो संशोधन एवं सुझाव प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई विश्वासयोग्य वातावरण बनाउन र स्वनियमनका लागि ध्यान केन्द्रीत गर्न सुझाव दिनुभयो ।

काउन्सिलको बैठकका लागि अध्यक्षबाहेक सदस्यहरूले आकस्मिक बैठक अनुरोध गर्नसक्ने र नियमित बैठक बस्नै पर्नेतर्फ सांसदहरूले ध्यानार्कषण गराउनुभएको थियो ।

Previous Post

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

Next Post

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
फिचर-ब्यानर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

१७ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

१७ जेष्ठ २०८३,
खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु
जीवन शैली

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

१७ जेष्ठ २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आवाज

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

१७ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ जेष्ठ २०८३,
Load More
Next Post
झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In