• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    ७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

    ७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

    एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

    एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

    सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

    सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

    ‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

    ‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना

metakhabar by metakhabar
२७ असार २०८२,
0
म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । संघीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वनयका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६० करोडमा ठेक्का सम्झौता भएको छ ।

चारवटा सडक स्तरोन्नति र एक झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको ठेक्का प्रक्रिया सकेर निर्माणको चरणमा प्रवेश गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ती आयोजना बर्खायामलगत्तै निर्माण सुरु गर्ने तयारी छ ।

दरवाङ–मुना–ढोरपाटन सडक

गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि २०८२ असार ११ गते सक्षम-सिम्रन जेभी र पूर्वाधार विकास कार्यालयबीच रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको छ । २७ महिनाको ठेक्का अवधि रहेको यो योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाँडा–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुुनेछ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मानिएको यो सडक म्याग्दीको प्राथमिकताप्राप्त योजना भएको म्याग्दी क्षेत्र नं १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

भगवती–बेग सडक

रघुगङ्गा गाउँपालिका गलेश्वर–पिप्ले–भगवती हुँदै बेग जाने बाटो र भगवती–सिजलगाउँ–साझपानी–बयारीगाउँ–बेग सडक स्तरोन्नतिका लागि हिमालयन कन्ट्रक्सनसँग २०८२ असार ९ गते ठेक्का सम्झौता भएको छ । रु दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको यस योजनामार्फत भगवतीस्थित यसअघि प्रदेश सरकारमार्फत स्तरोन्नति भएको सडकको अन्तिम बिन्दुबाट बेगतर्फ एक किलोमिटर चार सय मिटर ढलान र प्रिमिक्स कालोपत्र हुने म्याग्दी क्षेत्र नं १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

रुम–ताराखोला सडक

म्याग्दी निर्वाचन क्षेत्र १ (२) अन्तर्गत मालिका गाउँपालिका–२ को रुम–ताराखोला सडक योजना कार्यान्वयनका लागि २०८२ असार ४ गते सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता भएको यो योजनामार्फत सात सय मिटर सडक ढलान गरिने भएको छ ।

गलेश्वर–पुुलाश्रम सडक

घतान–९ गलेश्वर मन्दिरबाट पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार सदरमुकाम मोटरबाटो सडक स्तरोन्नतिका लागि बिबिपीएल बिएस डिएस धवलागिरि छनोट भएको छ । रु दुई करोड २३ लाख ४६ हजारमा बेनी नगरपालिका–९ गलेश्वरबाट अर्को धार्मिकस्थल पुलाश्रम जोड्ने सडकअन्तर्गत बेनी नगरपालिका–९ का विभिन्न ठाउँमा दुई किलोमिटर ढलान र ग्राभेल गर्न लागिएको हो ।

सावाटा–थापाचौर झोलुङ्गे पुल

मालिका गाउँपालिका–५ थापाचौर र वडा नं ६ को सावटा बस्ती जोड्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । ९६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग रु ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको हो । प्रदेश सरकारमार्फत आव २०८०/८१ मा म्याग्दीमा सातवटा सडक र दुईवटा मोटरेबल पुल निर्माणका लागि रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यसअघिका वर्षका एक सडक र एक मोटरेबल पुल निर्माणाधीन छन्।

Previous Post

भोटेकोशी-बाढी : थप दुईजनाको शव फेला

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च
समाचार

७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

२२ बैशाख २०८३,
एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का
फिचर-ब्यानर

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

२२ बैशाख २०८३,
सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी
फिचर-ब्यानर

सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

२२ बैशाख २०८३,
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
फिचर-ब्यानर

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

२२ बैशाख २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In