• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

metakhabar by metakhabar
२६ असार २०८२,
0
विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मङ्गलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

इप्पानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत् उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको हो ।

बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पु(याएको छ । इप्पानका अनुसार उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिएका छन् ।

इप्पानका अध्यक्ष गणेश कार्कीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाटको त्रिशूली–३ ए जलविद्युत २५ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत्, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको बताए ।

“यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली ३ बी हव सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो,” उनले भने, “देवीघाट, त्रिशूली र त्रिशूली–३ ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका आयोजना हुन् ।”

उनका अनुसार निर्माणाधीन आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पु(याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ । त्रिशूली–३ बी सवस्टेशन र प्रसारणलाइनमा क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने कार्कीले जानकारी दिए ।

Previous Post

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

Next Post

तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

metakhabar

metakhabar

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In