• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

metakhabar by metakhabar
२६ असार २०८२,
0
मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। धार्मिक एवं पारम्परिक अनेकौँ चाडपर्वको संस्कृति बोकेको मधेशको प्राचीन मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइने तयारी छ । चन्द्रमासको असार पूर्णिमाका दिन मनाइने यो पर्वमा गुरुप्रति भक्तिभाव र कृतज्ञता व्यक्त गरिन्छ । हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) आज गुरु पूर्णिमा पर्व मनाउँँदैछन् ।

यस दिन शिक्षा दिनेदेखि गायत्री तथा वेद सुनाउने र विशेष दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने हिन्दू मैथिल परम्परा छ । मिथिला अर्थात् विदेहभूमि महाज्ञानी अष्टावक्र, याज्ञवल्क्य, राजर्षि जनक तथा गार्गी एवं मैत्रेयीजस्ता विद्वान÷विदुषीको साधना, तप र ज्ञान आर्जन र प्रचारको थलोका रुपमा परिचित छ ।

यो पर्व परम्पराको निरन्तरता मात्र नभएर पारिवारिक र सामाजिक अनुशासनको स्मरण गराउने अवसर पनि भएको मिथिला लोकपरम्परा र संस्कृतिका जानकार बताउँछन् । प्राचीन गुरुकुल परम्पराको शिक्षाले परिवार, समाज, राष्ट्र र चराचरजगत्प्रतिको दायित्व र कर्तव्यबारे ज्ञान दिएर परिपक्व नागरिक बनाउने गरेका सन्दर्भ प्राचीन साहित्य र इतिहासमा वर्णन पाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णव बताउनुहुन्छ । गुरुबाट प्राप्त शिक्षाले ज्ञानवान् भएका शिष्यले कृतज्ञता तथा अहोभाव व्यक्त गर्ने अवसरका रूपमा यो पर्वलाई लिने गरिएको वैष्णवको भनाइ छ ।

यस दिन गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्र आभूषण फेराउने र मिष्टान्न भोजन गराउने मैथिल परम्परा छ । पर्वविशेषले मिथिला क्षेत्रमा एक दिन पहिलेदेखि नै चहलपहल बढाएको छ । नयाँ वस्त्र, मिष्टान्न परिकार र फलपूmल सौगातका रूपमा गुरुलाई चढाउने चलन छ ।

पर्वका अवसरमा मिथिला क्षेत्रका मठमन्दिरमा विशेष समारोह आयोजना गरिन्छ । यस्ता समारोहमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम सम्पन्न गरिन्छन् । महोत्तरीको मटिहानीस्थित पुरानो संस्कृत पाठशाला, भगवान् लक्ष्मीनारायण मन्दिर, महामुनि याज्ञवल्क्यका नाउँमा सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) र मुलुककै मठहरूमा महत्त्वपूर्ण मानिने श्री लक्ष्मीनारायण मठमा छात्रछात्रा, शिष्य र साधुसन्तले गुरुपूजनका कार्यक्रमको तयारी गरेका छन् ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने पूर्वीय परम्परामा यस पर्वको महत्त्व निकै रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाचार्य (प्रधानाध्यापक) ईश्वरी पौडेल बताउनुहुन्छ ।

यस पर्वले श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञताभाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्व अझ मुखरित गर्ने जलेश्वर–४ सुगाभवानीपट्टिका बासिन्दा पूर्वप्रशासक कृष्णचन्द्र झाको भनाइ छ ।

Previous Post

थबाङबाट सम्पर्कविहीन रहेका सातै कर्मचारी सम्पर्कमा

Next Post

६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

metakhabar

metakhabar

सम्बन्धित खबर

वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
आवाज

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

२० असार २०८३,
वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
आवाज

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

२० असार २०८३,
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
आर्थिक

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

२० असार २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

२० असार २०८३,
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान
आवाज

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

२० असार २०८३,
Load More
Next Post
६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In