• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘…त्यसपछि ढुक्कले सुत्न पाइयो’

metakhabar by metakhabar
२६ असार २०८२,
0
‘…त्यसपछि ढुक्कले सुत्न पाइयो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुन् अस्मिन राउत ।

“त्यो घटना वास्तवमै कहालिलाग्दो थियो । हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुप¥यो हाम्रो बस्तीले, ती घटना सम्झिदाँ पनि नरमाइलो लाग्छ”, उनले भने ।

डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भय । प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने । लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे । २०६७ सालको असार महिनामको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो । उक्त घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले । “हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो । त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक्ष गाउँको दयनीय अवस्था प्रस्तुत ग¥यौँ । स्थानीयको आग्रह र दबाबपछि तत्कालै पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना गरियो”, राउतले भने, “प्रहरी चौकी स्थापना भएसँगै गाउँको अवस्था फेरियो । त्यसयता हामीले कुनै डकैतीको त्रास व्यहोर्नु परेको छैन । रातमा गहिरो निद्रा सुत्न पाएका छौँ ।”

त्यही घटनापछि लहानको ग्रामीण भेगमा पर्ने वडा नं १३, १४ र २४ लाई पायक पर्नेगरी पक्की टोलमा अस्थायी प्रहरी चौकी बनेको थियो । त्यसले गाउँमा साँच्चै शान्ति फर्कियो । रात परेपछि ढोका थुनेर बस्नुपर्ने बाध्यता हट्यो । बालबालिका ढुक्कसँग बाहिर खेल्न थाले । महिलाहरू बिहान–साँझ खेतबारी जान थाले । गाउँलेमा पुनः आत्मविश्वास आयो ।

डकैतको त्रास मेटिएपछि गाउँमा शान्ति त फर्कियो । समयसँगै समुदाय र प्रहरीबीचको सम्बन्ध पनि गहिरिँदै गयो, तर जीर्ण भवनबाट प्रहरीका लागि सेवा प्रवाह सहज थिएन । बर्सातमा पानी चुहिने, हिउँदमा धुलोले भरिने समस्या थियो । त्यसपछि गाउँलेहरूले नयाँ प्रहरी भवनको आवश्यकता महसुस गरी स्वतःस्फुर्त रूपमा नयाँ भवन निर्माणको अभियान सुरु गरे । त्यसका लागि चन्दा सङ्कलन अभियान सञ्चालन थाले । त्यो अभियान प्रभावकारी बन्दै गयो ।

गाउँलेहरूले सकेको आर्थिक तथा भौतिक सहयोग गरे । विदेशमा रहेका गाउँका व्यक्तिहरूले पनि दिल खोलेर सहयोग गरे । सामूहिक प्रयासकै परिणामस्वरूप निर्माण भयो—पाँचकोठे पक्की प्रहरी भवन । त्यही भवनको बुधबार एक विशेष कार्यक्रमबीच लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे ।

सुविधासम्पन्न प्रहरी चौकीको भवन बनेसँगै पक्की टोलवासीको खुसीको सीमा छैन । शान्तिसुरक्षा र अमनचयनको अनुभूति उनीहरूको हरेक अभिव्यक्तिमा झल्किन्छ । गाउँको परिवर्तनको कथा सुनाउँदै ७४ वर्षीया लक्ष्मीदेवी अधिकारी भन्छिन्, “पहिले गाउँमा प्रहरी नहुँदा घुर बालेर रातभर डाँका कतिबेला पो आउँलान् भनेर रोडमै जाग्राम बस्नुपथ्र्यो । त्यो दुःख सम्झेर उदेक लाग्छ । अहिले त ढुक्कले बस्न पाइएको छ ।”

उनले सुनाएअनुसार एक समय त यस्तो आयो, डाँकाहरू गाडीमै आएर गाउँ लुट्थे । प्रहरी आउँदासम्म सबै भागिसकेका हुन्थे । “धनमाल दिएन भने कुट्थे, कतै त मार्नेसम्म पनि गर्थे । दसैँजस्ता चाडबाडमा छोरा–नातिहरू घर आउँदा पनि डाँकाको डरले दुई दिन नबसी सहर फर्किन्थे । हामी बूढाबूढी मात्रै गाउँमा, युवाहरू बाहिर” अधिकारी विगत सम्झिँदै भन्छिन्, “प्रहरी त हाम्रो लागि भगवान्जस्तै भएर आएका हुन् बाबु । यही भएर गाउँलेहरू जीउधन लगाएर यो भवन बनाउन जुटे । अब चौकीमा दुई जना महिला प्रहरी पनि भए सहज हुन्थ्यो ।”

लक्ष्मीदेवी अधिकारीको भनाइ केवल विगतको पीडा होइन, यो सुरक्षा प्राप्तिको खुसी र सामुदायिक सफलताको आत्मगौरव पनि हो । गाउँमा सुरक्षाको सुनिश्चिततासँगै समुदाय–प्रहरी सम्बन्ध अझ मजबुत भएको छ । यही सन्दर्भमा स्थानीयले भन्दै थिए, “वास्तवमै प्रहरी मेरो साथी भन्ने नारा प्रचारका लागि मात्रै रहेन, यो त व्यवहारमै लागू भएको छ ।”

यहाँ सुरक्षाको व्यवस्थापछि धेरै कुरा बदलिदिएको छ । कुनै समय प्रहरीसँग पनि डराउने यहाँको समाज अचेल प्रहरीलाई साथी, अभिभावक र सहारा मान्छन् । दुःख होस् या सुख, हरेक क्षणमा प्रहरी स्थानीयले सबैभन्दा पहिले सम्झिने आधार भनेको छ ।

भवन निर्माण समितिका अध्यक्षसमेत रहेका समाजसेवी राउतका अनुसार स्थानीय जनताबाटै करिब रु २५ लाख सङ्कलन भएको थियो । गाउँलेहरूले सकेको आर्थिक, श्रम र भौतिक सहयोग गरेका थिए । उनले भने, “भवन निर्माणमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि केही आर्थिक सहयोग रह्यो । यही संयुक्त प्रयासले सुविधासम्पन्न पक्की भवन निर्माण सम्भव भएको हो । त्यसैले यो भवन केवल इँटा र गारो मात्रै होइन, समाजको एकता, इच्छाशक्ति र प्रहरीप्रति विश्वासको जीवित प्रतीक पनि हो ।”

भवन उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए । उनले भने, “समाजका अगुवाहरूले जग्गादान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि वरदान साबित भएको छ । यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्तिसुरक्षाको प्रत्याभूति गर्ने आधार पनि बनेको छ ।”

प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अपराध न्यूनीकरणका लागि निर्णायक आधार भएको बताउँछन् । प्रहरी सङ्गठन समुदायमैत्री सेवामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले समुदायसँगको सम्बन्धलाई केवल सुरक्षाको सवाल मात्र नभई विश्वास, सहभागिता र उत्तरदायित्वको सम्बन्धका रूपमा आफूले हरेको बताए । “समुदायको सहयोगबिना कुनै पनि सुरक्षा प्रणाली पूर्ण हुँदैन, यो त समुदाय र प्रहरीको साझदारी तथा विश्वासमा अडेको हुन्छ । यहाँको उदाहरणले जब समुदाय सक्रिय हुन्छ, तब अपराध पन्छिन्छ र शान्ति दिगो कायम हुन्छ भनेर जबर्जस्त सन्देश दिएको छ ।”

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, “शान्ति सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने छ ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले समुदायसँगको सहकार्य शान्तिसुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राखे ।

Previous Post

६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

Next Post

कांग्रेस अनुशासन कारबाहीपछि इत्तर समूह आक्रोशित, शेखर कोइरालाले आकस्मिक बैठक बोलाए

metakhabar

metakhabar

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
कांग्रेस अनुशासन कारबाहीपछि इत्तर समूह आक्रोशित, शेखर कोइरालाले आकस्मिक बैठक बोलाए

कांग्रेस अनुशासन कारबाहीपछि इत्तर समूह आक्रोशित, शेखर कोइरालाले आकस्मिक बैठक बोलाए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In