• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै च्याङ्ग्रे पोखरी

by
५ माघ २०७९,
0
पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै च्याङ्ग्रे पोखरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर– पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरीको संरक्षण भइरहेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न दुई करोड बढी लागतमा निर्माण थालेको हो ।

सिंगो गाउँपालिकाको आकर्षण केन्द्रका रुपमा रहेको यो पोखरीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मान्न सकिन्छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास गरिरहेको छ । पोखरीको मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

क्रमागत योजनाअनुसार नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पोखरीको थप विस्तार तथा संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । सम्झौताअनुसार विसं २०८० को चैतसम्म पूर्णरुपमा सम्पन्न गर्नेगरी दुई करोड १९ लाख ९९ हजार दुई सय २४ मा काम भइरहेको उनले बताए । यो काम थालनी भएको दोस्रो वर्ष हो ।

हालसम्म ४० प्रतिशत काम सकिएको छ । यो पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेको छ । पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने आन्तरिक पर्यटक पुग्ने गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् ।

परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीयको कथन छ । पोखरी बनेदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा नसुक्ने स्थानीय बासिन्दा सुनाउँछन् । स्थानीय चन्द्रबहादुर खत्रीले भने, । ‘एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो, तर प्रचार नहुँदा छायाँमा परेको छ, गाउँपालिकाले यसको विकासका लागि काम थालनी गरेको छ, यो कामप्रति हामी खुसी छौँ ।’

यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार गाउँपालिकाको मुख्य बजारका रुपमा विस्तार भएको छ । च्याङ्ग्रे घुम्न आउने जो कोहीको गन्तव्य नै यो पोखरी हो । विश्राम गर्ने, घुम्ने, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक यहाँ पुग्छन् ।

विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ । ऐतिहासिक र धार्मिक महत्वको पोखरीको पर्यटन प्रवर्द्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयको भनाइ छ । स्थानीय लीला सुनारले भने , ‘यो महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो, यहाँ विभिन्न समयमा मेला लाग्छ, मानिसको आवतजावतमा वृद्धि हुँदा व्यापार व्यवसायमा समेत टेवा पुग्छ ।’ पोखरीको बिहान, दिउँसो र साँझ फरकफरक रङ देख्न सकिने स्थानीयको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने ,’मन्त्रालयसँगको लागत साझेदारीमा पोखरी संरक्षणको काम भइरहेको छ, हालसम्म ४० प्रतिशत काम सकिएको छ, पोखरीको संरक्षणको काम तीव्र गतिमा गरिरहेका छौँ, २०८० सम्ममा सक्ने सम्झौता छ ।’

पोखरीलाई विशेष आकर्षण दिएर पर्यटकको आवागमन बढाउनका लागि संरक्षणको काम थालिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईको भनाइ छ । ‘यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ’, उपाध्यक्ष राईले भने, ‘बृहत्तर विकासका लागि डिपिआरअनुसारको काम गर्छौं, यसलाई जिल्लाको एक आकर्षण केन्द्रका रुपमा स्थापित गर्ने लक्ष्य छ ।’

पोखरीको संरक्षणका लागि ठूलो प्रयासपछि केन्द्र सरकारबाट बजेट विनियोजन गरेर काम गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अहिले पोखरीलाई पर्खालले घेर्ने, वरिपरि पाँच मिटरको बगैँचा निर्माण गर्ने, बालबालिकाका लागि पार्क बनाउने, बीचमा पानीको फोहोरा ९माउटेण्ड फल्स० राख्ने र बोटिङ गर्नसक्ने गरी संरचना बन्ने अध्यक्ष राईले जानकारी दिए।

गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुण डाँडाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । यस्ता क्षेत्रको विकास तथा प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने लक्ष्य लिइएको छ ।

Previous Post

मतदाता नामावली संकलन र अद्यावधिक सुरु

Next Post

हङकङमा कुखुराको खुट्टा ल्याइएको कन्टेनरबाट ३ सय किलो कोकिन बरामद

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
हङकङमा कुखुराको खुट्टा ल्याइएको कन्टेनरबाट ३ सय किलो कोकिन बरामद

हङकङमा कुखुराको खुट्टा ल्याइएको कन्टेनरबाट ३ सय किलो कोकिन बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In