• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा

metakhabar by metakhabar
१८ असार २०८२,
0
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी (नवलपरासी), १८ असारः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा परेको छ । जिल्लाको बुलिङटार गाउँपालिका–६ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाटमा पूर्वाधार विकाससहित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।

कालिगण्डकी करिडोरसँगै जोडिएको घुमारी घाट प्राकृतिक रूपमा मनमोहक रहेको छ । कालीगण्डकी नदीले शङ्ख आकारको घाट बनाएको यो स्थानलाई कृष्णसँग जोडिएको धार्मिक कथाले भरिएको छ । घुमारी घाटमा द्वापर युगमा भगवान् श्रीकृष्णले कामधेनु गाई चराउँदै आउँदा गाईको दूध खाएको धार्मिक विश्वास रहेको छ । सो स्थानमा भगवान् कृष्णले दूध खाँदा बग्दै आएकी कालीनदी श्रीकृष्णलाई बचाउन घुमेर बगेको बताइन्छ ।

कालीगण्डकी नदीले करिब ५०० रोपनी क्षेत्रफलमा शङ्ख आकारको प्राकृतिक घेरा बनाएको छ । कालीगण्डकी नदी घुमेर बगेको प्राकृतिक रूपमा मनमोहक स्थान भए पनि घुमारी क्षेत्र ओझेलमा पर्दै आएको स्थानीय समाजसेवी डिबी गुरुङले बताउनुभयो ।

कालीगण्डकी नदी बग्दै आउँदा यति सुन्दर भएर घुमेको र धार्मिक मान्यतासँग समेत जोडिएको स्थल भए पनि यसको विकास र प्रवद्र्धनमा खासै कसैले चासो नदिएको उहाँले बताउनुभयो । घुमारी क्षेत्र पुग्ने बाटो स्तरोन्नतिको कामले समेत पूर्णता पाउन नसक्दा धेरै मान्छे उक्त स्थल नपुग्ने गरेको उहाँले बताउनुभयो । “पहुँचमार्ग सहज हुने हो भने कालीगण्डकी करिडोर हुँदै यात्रा गर्ने जो कोही यसको अवलोकनका लागि आउँथे होला, बाटोको पनि असुविधा छ, पूरै बन्न सकेको छैन”, गुरुङले भन्नुभयो ।

घुमारीको विकासका लागि केही वर्ष पहिले काम अघि बढेको भए पनि हाल अलपत्रजस्तै बन्न पुगेको छ । पाँच वर्ष पहिला निर्माण सुरु गरिएको राधाकृष्ण मन्दिर अहिले अलपत्र अवस्थामा रहेको छ । मन्दिरले पूर्णता नपाउँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएको छ । गण्डकी प्रदेश सरकारमार्फत २०७७ सालमा मन्दिरको संरचना निर्माण सुरु गरिएको थियो । पछिल्ला वर्षमा उक्त स्थानका लागि बजेट नपर्दा अलपत्र बनेको स्थानीय गुरुङको भनाइ छ ।

सुरु गरिएको कार्यलाई पूर्णता दिनेगरी योजना नबनाउँदा घुमारीमा हाल रहेका संरचना थप जीर्ण भएर भग्नावशेषमा परिणत हुने चिन्ता छाएको छ । निर्माण सुरु गरिएको योजनालाई पूर्णता दिने साथै यसको प्रचारप्रसार र प्रवद्र्धनमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

पर्यटन तथा उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख निर्मलराज बरालले जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा केही पूर्वाधार विकासका लागि बजेट र योजना भए पनि घुमारीका लागि चालु आवमा केही कार्य नभएको बताउनुभयो । जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको योजनामा समेत घुमारी कतैबाट सिफारिस नहुँदा सो स्थानमा काम गर्नसक्ने अवस्था नभएको उहाँको भनाइ छ ।

Previous Post

अटोपायलट ‘फेल’ हुँदा मस्कको गोजी खाली? करोडौं जरिवानाको खतरा

Next Post

पति-पत्नीबीचको प्रेम बढ्नेछ, तनाव हट्नेछ ! यी चमत्कारी वास्तु उपायहरू अपनाउनुहोस्

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
Load More
Next Post
पति-पत्नीबीचको प्रेम बढ्नेछ, तनाव हट्नेछ ! यी चमत्कारी वास्तु उपायहरू अपनाउनुहोस्

पति-पत्नीबीचको प्रेम बढ्नेछ, तनाव हट्नेछ ! यी चमत्कारी वास्तु उपायहरू अपनाउनुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In