काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा। सन्दुक रुइतलाई बधाई दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले डा। सन्दुकको प्रशंसा गर्दै प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिएका हुन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’













