निरीक्षकः शिक्षकलाई के हो यो स्कुलका विद्यार्थी त कमजोर छन् भन्ने सुन्छु नि ।
शिक्षकः सुन्निएको अनुहार देखाउँदै, मलाई यस्तो घाइते बनाउने विद्यार्थी छन्, कसरी कमजोर भन्नु सर ।
भूतकाल नै भयो नि मिस
मिस कक्षामा नेपाली विषयअन्तर्गत व्याकरण पढाइरहेकी थिइन्—
मिसः म राम्री छु यो कुन काल हो ?
रमेशः यो भूतकाल हो मिस ।
मिसः के रे ? भूतकाल हैन, यो वर्तमानकाल हो ।
रमेशः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भूतकाल नै भयो नि मिस ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













