• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मनाङमा रैथाने बाली उत्पादन घट्दै

metakhabar by metakhabar
९ असार २०८२,
0
मनाङमा रैथाने बाली उत्पादन घट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ, ९ असारः समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छभने दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार १५६ रहेको छ ।

खेतीयोग्य भूमिको दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ । त्यसमा एक हजार ६३ हेक्टर जमिन सिञ्चित क्षेत्र हो भने अन्य क्षेत्र प्राकृतिक रुपमा खेती गरिन्छ । रैथाने बाली भन्नाले स्थानीय जातका परम्परागत रुपमा गरिँदै आएका अन्नबालीलाई बुझिन्छ ।

जौ स्थानीय हावापानी र माटो सुहाउँदो हुन्छ । मनाङमा रैथाने बालीका रुपमा आलु, गहुँ, फापर, करु, उवा र कोलु बोडीलाई लिइन्छ । विगतदेखि नै यिनै रैथाने बालीमा नै आत्मनिर्भर हिमाली जिल्ला मनाङ छ । हाल कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन्भने कतिपय स्थानमा सामान्य अर्थात् नगण्य मात्रामा मात्र खेती गर्ने गरेको पाइन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि गाउँपालिकामा रैथाने बाली प्रायः लोप हुने अवस्थामा पुगेको छ । त्यसैगरी, ङिस्याङ गाउँपालिकाका सबै वडामा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले रैथाने बाली हराउन थालेका स्थानीय बताउँछन । यसलाई सुहाउँदो वातावरणमा अभावले पनि खेतीबाली फेरिन थालेका कृषि ज्ञान केन्द्रका प्रमखु मदन रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रैथानेबालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीतर्फ कृषक लागेको पाइन्छ, तर रैथाने बालीको उत्पादकत्वको आधारमा किसान सचेत हुँदै आकर्षित भएका पाइन्छ ।” विगत चार वर्षको तथ्याङ्क हेर्ने हो भने अन्य रैथाने बालीको तुलनामा स्थानीय आलुखेतीमा वृद्धि भएको पाइन्छ ।

विगतदेखि नै अन्य खेतीको तुलना आलुको बढी माग तथा खपत हुन थालेकाले व्यावसायिक खेती अर्थात् नगदे बालीका रुपमा विकास भएको पाइन्छ । तर, अन्य बाली लगाउन धेरै जनशक्ति लाग्ने र अभाव हुँदा समस्या भने हुने गरेको स्थानीय बताउँछन । कोभिड तथा बाढीपहिराको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

मनाङको तल्लो भेगमा अन्य बाली जस्तै मकै, आलु, करु, गहुँ, जौ, फापर, कोदो बोडीलगायतका बाली लगाइन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मूला, गाजरलगायतका तरकारी यहीँ खपत हुन्छ । जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ । विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा २८६ हेक्टर क्षेत्रफलमा गरिएको फापरखेतीबाट ५०४ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । करिब १११ हेक्टर क्षेत्रफलमा गरिएको जौखेतीबाट १७५ मेट्रिकटन उत्पादन भएको छ । ७४५ हेक्टर क्षेत्रफलमा १४ हजार ९७५ मेट्रिकटन स्थानीय प्रजातिको आलु उत्पादन भएको केन्द्र पमुख रेग्मीले बताउनुभयो ।

त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा ७० हेक्टर क्षेत्रफलमा उवा÷करुखेती गरिएको तथ्याङ्कमा उल्लेख छ । त्यसअघि यी खेतीको तथ्याङ्क अभिलेखीकरण गरिएको पाइँदैन । करिब ७० हेक्टर जमिनमा गरिएको उवा÷करुखेतीबाट ११५ मेट्रिकटन उत्पादन भएको छ । यस आर्थिक वर्षमा फापरखेतीको क्षेत्रफल ७५ हेक्टर वृद्धि भएको छ । ३६१ हेक्टर क्षेत्रफलमा गरिएको फापर खेतीबाट ६१० मेट्रिकटन फापर उत्पादन भएको छ । जौखेतीको क्षेत्रफल घटेर ४० हेक्टर पुगेको छ ।

यस वर्ष आलुखेतीको क्षेत्रफल पनि घटेर ७३५ हेक्टरमा झरेको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट आठ हजार १९० मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा ७० हेक्टरमा उवा÷करुखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट ११२ मेट्रिकटन उवा÷करु उत्पादन भएको छ । ३०२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३२० मेट्रिकटन फापर उत्पादन भएको छ ।

त्यस्तै, ४० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ६५ मेट्रिकटन जौ उत्पादन भएको छ । ७३७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट नौ हजार २१२ मेट्रिकटन आलु उत्पादन भएको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १०५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १९३ मेट्रिकटन उवा÷करु उत्पादन भएको छ । करिब २१२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट २१६ मेट्रिकटन फापर उत्पादन भएको छ । करिब २० हेक्टर क्षेत्रफलमा गरिएको खेतीमार्फत ३७ मेट्रिकटन जौ उत्पादन भएको छ भने ६३२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट नौ हजार १३२ मेट्रिकटन आलु उत्पादन भएको छ ।

यस तथ्याङकका आधारमा रैथाने बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “रैथाने खेतीतर्फ कृषक आकर्षित छन्, उत्पादन यहीँ खपत हुन्छ, तर व्यवसाय परिवर्तनले प्रभाव पारेको छ ।”

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल काठमाडौँका अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल उत्पादन बढी लिने उद्देश्यले गर्दा लोप हुने अवस्थामा पुगेको छ । संरक्षण केन्द्रका अनुसार फापर, कोदो, जौ, कागुनो, च्युनो, उवा, लट्टे, जुनेलो, मस्याम, गहत, खेसरी, भॉगे सिमी, सिलाम, झुसे तिल आदिलाई स्थानीय तथा रैथाने बालीमा सूचिकृत गरेको छ ।

समग्रमा भन्ने हो भने मनाङलगायत देशभरबाटै कतिपय रैथाने बाली लोप भइसकेका छन् भने कतिपय लोपोन्मुख र सङ्कटापन्न अवस्थामा रहेका छन् । त्यसैले तीनै तहका सरकारले (कृषि अनुसन्धान केन्द्र) ले रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा ध्यान दिँदै रैथाने बालीको वैज्ञानिक तथा आधुनिक प्रविधियुक्त प्रजातिको विकास गरी उन्नत बीउबिजनबाट उत्पादनलाई जोड दिएको छ ।

Previous Post

सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु : अध्यक्ष दाहाल

Next Post

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए एक वर्ष थप समय

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए एक वर्ष थप समय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In