• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

निर्मला पन्त प्रकरणको २५ सय दिनः घटना अझै रहस्यमै

metakhabar by metakhabar
२७ जेष्ठ २०८२,
0
निर्मला पन्त प्रकरणको २५ सय दिनः घटना अझै रहस्यमै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ।

२०७५ साउन १० गते साथि रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो।

तर, आज घटना भएको ६ वर्ष १० महिना १६ दिन पूरा हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन।

घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेपनि दुई वर्षयता निर्मलाकी आमा दुर्गादेवीको घरमा अनुसन्धान टोलीले पाइला टेकेको छैन।

‘अपराधी पत्ता लगाउँछन् र न्याय पाइन्छ भन्ने आशा नै मरिसक्यो। नहुनु घटना भयो, मन शान्त छैन। तर, राम्रो अनुसन्धान होला र अपराधी पक्राउ पर्छन् भन्ने आशा गरेको छैन। अनुसन्धान टोलीलाई छिटो अपराधी पत्ता लगाइदिन भनिदिनुहोला,’ दुर्गादेवी भन्छिन्।

घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समयसम्म स्वदेश तथा विदेशमा आन्दोलन नै भयो।

सामाजिक सञ्जाल एवं डिजिटल प्लेटफर्मतिर सरकारको चर्को आलोचना भयो तर, प्रहरीले वास्तविक अपराधी पत्ता लगाउन सकेनन्।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सय २० भन्दा बढी व्यक्तिहरूमा अनुसन्धान गर्‍यो। केहीलाई कस्टडीमै राखेर अनुसन्धान गर्‍यो तर घटनामा प्रत्यक्ष संलग्न अपराधी पत्ता लगाउन सकेन।

हालका गृहमन्त्री रमेश लेखक कञ्चनपुरको सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि हुन्।

उनले गृह मन्त्रालयको पदभार ग्रहणपछि एक सार्वजनिक समारोहमा निर्मलाका हत्यारा जसरी पत्ता लगाउने वचन दिएका थिए।

जुन दिन वचन दिए, त्यसदिनदेखि निर्मलाको प्रसंग उठाएका छैनन्। नेपाली प्रहरी एवं सीआइबीसँग उक्त घटनाका सम्बन्धमा कुनै किसिमको छलफल, संवाद एवं निर्देशन नदिएको लेखककै निजी सचिवालयका एक सदस्यले जानकारी दिए।

‘निर्मलाका विषयमा थप अनुसन्धान गर्नेगरी नयाँ रणनीति बनाएको हामीलाई जानकारी छैन।’ ती सदस्यले भने।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्का निर्मला पन्तको जस्तो जटिल केसमा सूक्ष्म अनुसन्धान सधैं जारी रहने गरेको बताउँछन्।

तर, पछिल्लो अनुसन्धानबाट प्राप्त प्रगति विवरण सीआईबीले सार्वजनिक गरेको छैन।

नेपालको इतिहासमै सबैभन्दा बढी छानबिन समिति बनेको, सडकदेखि सदनसम्म आवाज उठेको र मानव अधिकारकर्मीले घटनाको छानविन गरेको यो नै पेचिलो घटना होला। तर, निष्कर्ष केहीपनि निस्किएको छैन।

मानव अधिकारकर्मी राजन कुईंकेल निर्मला पन्तको घटनाबारे निष्पक्ष छानबिन गर्न नसक्नु राज्यको निरीहता र कायरता भएको बताउँछन्।

‘नेपाल प्रहरीले धेरै जटिल केसहरुको अनुसन्धान गरेको छ। विदेशबाट अपराधी पत्ता लगाएर नेपाल ल्याएको धेरै उदाहरण छन्, गर्न नसक्ने भन्ने नै हुँदैन्। नेपाल प्रहरीको अनुसन्धान धेरै मजबुत पनि छ। कतिपयले प्रमाण नष्ट भइसक्यो भन्छन् तर प्रमाण नष्ट हुनै सक्दैन। यसमा ठूलो दबाब र प्रभाव छ। राज्य लाचार भएको छ र पीडकहरु छाती फुलाएर हिँडिरहेका छन्,’ उनले भने।

घटनालाई नयाँ सिराबाट अनुसन्धान सुरु गर्नुपर्ने कुईंकेल सुझाव दिन्छन्।

निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन्। यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुंगोमा पुर्याउने आश गरिएको थियो। उनीहरुले पनि कुनै परिणाम दिन सकेनन्।

‘गृहमन्त्रीका रुपमा राम्रोसँग ६ महिनामात्र रवि लामिछानेलाई काम गर्न दिएको भए धेरै अपराधी र भ्रष्टाचारी जेल गइसक्थे। उहाँलाई काम गर्नै दिइएन। ठूला दल भनिएका नेताहरुको पोल खुल्ने डरले अनुसन्धानलाई प्रभावित पार्ने काम भयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी भन्छन्।

त्यस्तै, हालका गृहमन्त्री लेखक निर्मलाकै क्षेत्रका भएकाले अनुसन्धान बलियो हुन्छ भन्ने आशा गरिएको थियो। उनले पनि हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने जिम्मेवारी आफूले पूरा गराइछाड्ने बताउन छाडेका छैनन्।

तर, काम केहीपनि अघि बढेको छैन। हुन त ठूलो खर्च गरेर प्रहरीले अनुसन्धान नगरेको होइन। बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा १२४ जनाको डीएनए जाँच नै गरिएको थियो। तर, कसैसँग पनि डीएनए म्याच नगरेको विवरण सार्वजनिक गरिएको छ।

छोरीको न्यायका लागि भन्दै निर्मलाका आमा–बुवाले न्यायलय धाउने मात्र नभइ अनशन नै पनि बसे। काठमाडौंसमेत पुगेर प्रधानमन्त्रीलाई भेटे, जिल्ला प्रहरी कार्यालय दर्जनौं पटक धाए तर, निर्मला हत्याका वर्षहरू घर्किँदै जाँदा उनीहरूको आशा पनि मर्दै गएको छ। विभिन्न प्रतिवेदनमाथि कुनै छानविन नै भएन्।

मानवअधिकारकर्मी एवं अधिवक्ता इन्द्र ढुंगानाका अनुसार तत्कालीन अवस्थामा उच्चस्तरीय छानबिन समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदनको कार्यान्वयन नहुँदा समस्या जटिल बनेको छ।

समितिले बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापरबाही र हेलचेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै तत्काल प्रहरीमाथि नै छानबिन गर्नुपर्ने सुझाव दिएको थियो, तर प्रतिवेदन नै कार्यान्वयन नहुनुलाई रहस्यका रुपमा हेरिएको छ।

Previous Post

टोखामा गोली चल्यो : दुई भारतिय नागरिक घाइते, ४ जना पक्राउ

Next Post

“सन् २०५०: प्रविधिको यस्तो क्रान्ति जहाँ कल्पनाले पनि सीमा नाघ्दछ”

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
“सन् २०५०: प्रविधिको यस्तो क्रान्ति जहाँ कल्पनाले पनि सीमा नाघ्दछ”

“सन् २०५०: प्रविधिको यस्तो क्रान्ति जहाँ कल्पनाले पनि सीमा नाघ्दछ”

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In